आफ्नै सुन्दर घर बनाउने सपना पुरा गर्न यसरी पैसा बचत गर्नुहोस्


सबैको सपना हुन्छ आफ्नै सुन्दर घर बनाएर बस्ने । तर, सबैले आफ्नो सपना कहाँ पुरा गर्न सक्छन् र १ आफ्नै सुन्दर घर बनाउनका लागि मोटो रकम जुटाउन निकै अप्ठ्यारो हुन्छ ।

यदि तपाई आफ्नो घरको मालिक भएर गौरवान्वित हुने सपना साकार पार्न चाहनुहुन्छ भने तपाईंले दैनिक जीवनमा केही उपायहरुको अनुसरण गर्नुपर्ने हुन्छ जसले साँच्चै तपाईंको खर्च व्यवस्थापनको तरिकामा रुपान्तरण ल्याउँछ ।

सो तरिकाबाट तपाईंले आफ्नो घरको लागि पैसा बचत गर्न सक्नुुहुनेछ।

हामी तपाईंलाई पैसा बचत गर्ने १० तरिकाहरु सिकाउँदै छौं जसले तपाईंको घर निर्माण कोषमा बचतको लागि तुलनात्मक योगदान दिनेछ ।

१. बजेट सिर्जना गर्नुहोस्

यदि तपाईंलाई कसरी पैसा जोगाउने भनेर ज्ञान छैन भने तपाईंले वर्षमा कति पैसा कमाउनु हुन्छ त्यसले कुनै महत्व राख्दैन । तपाईं आजीवन भाडाको घरमा बस्नुपर्ने हुन्छ ।

तपाईको बैंक खातामा प्रत्येक महिना कति पैसा आउँछ र कति जान्छ त्यो राम्रोसँग विचार गरेर बजेट बनाउनुहोस् । यदि तपाईंको आयको अधिक स्रोतहरु छन् भने ती सबै क्षेत्रबाट सक्दो रकम आफ्नो बजेटमा समावेश गर्नुहोस् ।

२. आवश्यकता र चाहनाबीचको भिन्नता बुझ्नुहोस्

स–साना विलासिताका वस्तु उपभोगबीना बाँच्न सक्दिन भनेर सोँच्नु अगाडि नपाईं यो निचोडमा पुग्नुहोस् कि यथार्थमा ती तमाम विलासिताका चिजहरुले तपाईंलाई तनाव दिन्छन् । किनभने तपाईंले मेहेनत गरेर कमाएको महत्वपूर्ण रकम तपाई जुन चिजमा खर्च गरिरहनुभएको छ ती तपाईंका आवश्यकता होइनन् केवल चाहना हुन् ।

नियमित रुपमा अनावश्यक खर्च गरिने कुराहरु जस्तो कि महँगो प्रविधिका उपकरण, महँगो भोजन, स्पा, अनावश्यवक भ्रमण, भोज–भतेर, मनोरञ्जन आदि पाटाहरुमा खर्च कटौती गरी आफ्नो घर निर्माण कोषको बजेट वृद्धिमा योगदान बढाउन सकिन्छ ।

३. आफ्नो बजेटसँग जोडिनुहोस्

तपाईको खर्च व्यवस्थापनका लागि बजेट सिर्जना गर्न जति महत्वपूर्ण छ, यसलाई व्यवहारमा उतार्न पनि त्यतिकै धैर्यता र लगनशिलताको आवश्यकता पर्दछ । जब तपाईसँग व्यवहारिक बजेट हुन्छ त्यही समयबाट तपाईं बचत गर्न शुरु गर्न सक्नु्हुनेछ ।

तपाईंले अनावश्यक वस्तुको उपभोगमा लाग्ने खर्चमा कटौती गर्नुभयो भने थप आम्दानी बेगर पनि आफ्नो घर कोषमा अधिक रकम छुट्याउन सक्नु हुनेछ । यसरी तपाईंको मासिक बजेटमा क्षति नपुगिकन प्रत्येक महिना तपाईको घरको लागि क्रमशः पैसा बचत हुँदै जान्छ।

४. मुद्धती खातामा केही रकम बचत गर्नुहोस्

तपाईंको निक्षेपहरुमा अधिक ब्याज कमाउन खाता स्थापना गरी बचत गर्नु उत्तम विचार हुन सक्छ । मासिक रुपमा आफ्नो आम्दानीको केही अंश यस खातामा जम्मा गर्ने कुरा निश्चित गर्नुहोस् । तपाईं सायद महशुस गर्न सक्नुुहुन्न यो सानो कदमले भविष्यमा कति ठूलो फाइदा दिन्छ भनेर ।

५. आफुले पाउने भत्ता जोगाइ घरको लागि बचत गर्नुहोस्

तपाईंले पाउने वार्षिक भत्ता वा अतिरिक्त रकम उपभोग गर्नुको सट्टा त्यसको अधिक अंश घर बनाउनको लागि बचत गर्न सकिन्छ । बिदा भ्रमणमा जाने योजनालाई पछिको लागि सार्न सकिन्छ । यस्ता कुरमा ध्यान दिनाले केही वर्षमै तपाईंको घर कोषमा बचत बढेको देखेर तपाई स्वयम अचम्मित हुनुहुनेछ ।

६. जीमको सदस्यता त्याग्नुहोस्

ऋाफ्नो साथीहरुले गरेको देखेर महँगो जिमको सदस्यता लिनुभएको छ भने त्यसलाई यथासिघ्र रद्द गर्नुहोस् । यसको आशय यो होइन कि तपाईं शरीर सन्तुलित बनाउन शारिरिक अभ्यास नगर्नुहोस् । विभिन्न किसिमका योग, व्यायामहरु अनलाइन हेरेर घरमै पनि निःशुल्क एक्ससाइज गर्न सकिन्छ ।

यसका साथै दैनिक हिँडडुल गर्ने, आफ्नो वरपरको पार्कमा गई अभ्यास गर्न सकिन्छ । जबसम्म तपाई आफ्नो महत्वपूर्ण पैसा घरको लागि बचाउन चाहनुहुन्छ त्यो बेलासम्मको लागि जीमको सदस्यता खारेज गरि स्वच्छ हावामा अभ्यास गरेर निःशुल्क रुपमा शरिर सन्तुलित राखि स्वस्थ रहन सक्नुहुन्छ।

७. अतिरिक्त काम गर्नुहोस्

हामी सबैलाई थाहा छ कि दुईवटा जागिर गर्न असम्भवप्राय नै हुने गर्छ । तर तपाईंको जागिरको समय तालिका निश्चित छ भने बाँकी रहेको समयमा अतिरिक्त पैसा कमाउनका लागि आफ्नो लगाव भएको क्षेत्रमा काम गरी आम्दानीका स्रोतहरु बढाउन सक्नुहुन्छ ।

ज्ञान र सीप सिक्नलाई उमेरले छेक्दैन। आफ्नो रुची अनुसारको कार्यसम्बन्धी तालिम लिएर सीप र दक्षता अभिवृद्धि गरी सहायक काम गरेर पनि अतिरिक्त आम्दानी गर्न सकिन्छ ।

८. प्रविधिबाट लाभ उठाउनुहोस्

आफ्नो खर्चको व्यवस्थापन र बचत के कसरी गर्ने लगायतका अति उपयोगी जानकारीहरु विभिन्न एपहरुको प्रयोग तथा इन्टरनेटमा खोजी गरेर पनि लिन सकिन्छ । साथै, विभिन्न किसिमका एपहरु प्रयोग गरी आफ्नो आधारभूत जानकारी राखेर आय व्ययको तथ्यांक हेर्न सकिन्छ । यसले व्यवस्थापनमा सजग गराउन सहयोग पुग्छ ।

९. तपाईंको भएको सम्पत्ती भाडामा लगाउनुहोस्

यदि तपाईं विशाल पुरानो घरमा एक्लै वा सानो परिवार बस्दै आउनु भएको छ भने त्यसलाई बिक्री गरेर सस्तो ठाँउमा सर्न सक्निुहुन्छ वा सिमित ठाउँमा रहेर केही कोठा वा फ्ल्याट भाडामा लगाउन पनि सक्नुहुन्छ । यसले तपाईंको सपनाको घर बनाउनको लागि बचत गर्न थप टेवा पुग्छ ।

१०. ऋणबाट बाहिर निस्कनुहोस्

जीवनमा कुनै विशेष कुराको प्राप्तिका लागि पैसा बचत गर्न जति जरुरी छ त्यति नै आफ्नो पुरानो ऋण तिर्न महत्वपूर्ण रहन्छ । बैंकबाट ऋण लिन आफ्नो इमान्दारी कारोबारको इतिहासले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । भुक्तानी गर्न पन्छिने वा ढिलो गर्ने नगरिकन समयमै सम्पूर्ण ऋण तिर्नुहोस र आफूलाई समस्या र तनावबाट टाढा राख्नुुहोस् र ढुक्कले आफ्नो बचत प्रक्रियालाई निरन्तरता दिनुहोस् ।

आजैबाट बचत गर्न शुरु गर्नुहोस्

कुनै एउटा निश्चित लक्ष्य प्राप्तिका लागि बचत गर्दैछु भन्ने संकल्प गरेमा बचत गर्न सजिलो हुन्छ । तपाईंले कति बचत गर्नुभयो र सो रकमको ब्याज के कति भयो बुझ्नका साथै बैंकले कर र अन्य सेवा शुल्कबापत काटेको रकमबारे बुझ्न र खाताको विवरण हेर्ने गर्नुहोस् । यदि तपाईले हामीले प्रदान गरेका सुझाव र उपायहरुको व्यवहारिक रुपमा प्रयोग गर्नुभयो भने तपाईले चाँडै नै मासिक रुपमा अधिक रकम बचत गरी आफ्नो घर किन्ने सपना पुरा गर्न सक्नु हुनेछ ।

प्रकाशित मितिः     ३ आश्विन २०७७, शनिबार १५:३१  |