कोरोना संक्रमण सहित जटिल समस्या भएका बिरामीलाई यसरी बचायो नेपालगन्ज मेडिकल कलेजले


नेपालगन्ज ३ भदौ : नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालले कोभिड – १९ को महामारीमा विभिन्न सेवा सुविधा सहित अनवरत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

यसै क्रममा बांके नेपालगंज वडा नं. १, घम्बोजी बस्ने वर्ष ६५ की अमृता थापा, नेपालगंज – १८ कारकांदो बस्ने ४८ वर्षिय दुर्गा बहादुर कार्की र कैलाली जिल्ला धनगढी घर भएका ४८ वर्षिय तिर्थ राज भट् विभिन्न रोगबाट पिडित भइ रहेकै अवस्थामा कोभिड–१९ प्रुष्टी भई पिन्यूमेनियाको समस्याले शिक्षण अस्तपाल कोहलपुरमा भर्ना भएका थिए ।


उनीहरु सबै जनालाई कोभिड–१९ आइसोलेसन आईसियुमा भर्ना गरी रेमडिसिभर नेपालगंजमा उपलब्ध नहुँदा पनि उपचारमा संलग्न चिकित्सकहरु तथा अस्पताल व्यवस्थापनले बाहिरबाट मगाई आइृसियुमा राखेर २४ सै घण्टा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु खटिए । यसरी उनीहरुको जीउ ज्यान बचाउन सफल भर्इृ डिस्चार्ज भएको अस्पतालका सहायक निर्देशक डा. नितेश कनोडियाले बताए ।

यसरी शिक्षण अस्पताले विशेष प्रकारको सेवा दिई रहेको र आफ्नो जिउ ज्यानको प्रवाह नगरी कोभिड–१९ का बिरामीहरुलाई सेवा दिई रहेका कन्सल्टेण्ट फिजिसियन डा अनिल श्रेष्ठ, डा श्याम विक र डा प्रवेश पन्तको नेत्तृत्वमा उपचार खटिएका चिकित्सकहरु तथा स्वास्थ्यकर्मीहरु प्रति नेपालगंज मेडिकल कलेज हार्दिक आभार प्रकट गरेको छ । नेपालगंज मेडिकल कलेजमा स्वास्थ्य सेवा लिई रहेका वा सेवा लिन आउने सेवाग्राहीहरुमा अझै प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिवद्धता समेत जाहेर गरेको छ ।

प्रकाशित मितिः     ३ आश्विन २०७७, शनिबार १७:२३  |
error: Content is protected !!