नेपालगन्जमा उपचारका क्रममा गुर्भाकोट सहारेका संक्रमितको मृत्यु, मृतक कैदी हुन


नेपालगन्ज ५ असोज : नेपालगन्जमा भेरी अस्पतालमा उपचारका क्रममा सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ४ का ५८ वर्षिय संक्रमितको मृत्यु भएको छ ।

ज्यानमार्ने उद्योगमा जिल्ला कारागार सुर्खेतमा सजाय भुक्तानी गरिरहे कैदीबन्दी हुन । उनलाई उपचारका लागि भेरी अस्पताल ल्याईएको थियो ।

जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, सोमवार बिहानको उनको मृत्यु भएको हो । गोपनियताका कारण ५८ वर्षिय मृतकको परिचय गोप्य राखिएको छ ।जनस्वास्थ्य कार्यालय बाँकेको सूचना हेर्नुहोस्-

प्रकाशित मितिः     ५ आश्विन २०७७, सोमबार ०७:५२  |