नेपालगन्ज ५ भदौ : जुम्लामा ८ दिनदेखि अनसनरत डा गोविन्द केसीलाई नेपालगन्जको भेरी अस्पतालमा भर्ना गरिएको छ । डा केसीले माग पूरा नभएसम्म अनसन नटुंगिने अडान राखेका छन् ।
चिकित्सक संघ भेरीले डा. केसीको जीवनरक्षाको माग गरेको छ । अध्यक्ष डा. बिनोद कर्णले सरकारसंग उक्त माग गरेका हुन । अध्यक्ष कर्णले केसीलाई भेटेर स्वास्थ्य अवस्था समेत बुझेका छन् ।
जुम्लाबाट काठमाडौं लागेका डा केसीले एक विज्ञप्ति जारी गरी जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर पनि अनसन जारी राख्ने थिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा केसी त्यहाँबाट एअरपोर्टसम्म एम्वलेन्समा गएका थिए । जुम्लाबाट डा केसी समिट विमानबाट आज नेपालगन्ज पुगेका हुन ।
राँझा विमानस्थलबाट डा।.केसीलाई अहिले भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको बाँकेका सिडिओ रामबहादुर कुरुम्वाङले जानकारी दिए ।