यती एयरलाइन्सले रारा टुर प्याकेज ल्यायो, पर्यटकलाई नेपालगन्जका होटलमा बास बसाइने


काठमाडौं । ‘अब एयरलाइन्स उड्नमात्र होइन, घुम्न पनि’ भन्ने मूल नाराका साथ यती एयरलाइन्सले १६ गन्तव्यको आकर्षक प्याकेज सार्वजनिक गरेको छ ।

कोरोना भाइरसले थला परेको पर्यटनलाई पुनर्ताजकि दिने उद्देश्यले आन्तरिक पर्यटकलाई जोड दिँदै सस्तो प्याकेज सार्वजनिक गरेको हो ।

एयरलाइन्स स्थापना भएको २२ औं वर्षमा प्रवेश गरेको अवसरमा सोमबार एक कार्यक्रमको आयोजना गरेको हो । एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमालले सबै नेपालीलाई नेपाल घुमाउने उद्देश्यका साथ कार्यक्रम ल्याइएको बताए ।

अक्टोबरदेखि लागू हुने गरी सहुलियत दरका भ्रमण प्याकेजहरू सञ्चालन गर्न लागिएको उनको भनाइ छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्ने विश्वासका साथ सार्वजनिक गरिएको प्याकेजमा दुईतर्फी हवाई टिकट, होटलमा बस्ने खाने, यातायात सुविधा र आवश्यकताअनुसार टुर गाइडको व्यवस्था समावेश हुनेछ ।

हालका लागि पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जङ्गल सफारी चितवन र रारा भ्रमणका कार्यक्रमहरू छन् । काठमाडौं आउनेका लागि पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारबाट दुईतर्फी हवाई टिकटसहित बस्ने होटलको व्यवस्था छ । यी प्याकेजहरू सेल्स अफिस, ट्राभल एजेन्सी, साझेदार होटलहरू, बेवसाइट तथा अनलाइनमार्फत खरिद गर्न सकिने जनाएको छ ।

भ्रमण प्याकेज खरिद गर्ने पहिलो १ सय जना खरिदकर्ता यात्रुहरूलाई आकर्षक उपहार दिनुको साथै भ्रमण प्याकेज खरिदकर्ता यात्रुहरूले सप्ताहव्यापी ‘लक्की ड्र’ मार्फत उपहारसमेत पाउन सक्ने उल्लेख छ ।

यस्तो छ प्याकेज

एभरेष्ट ट्रेलको ४ रात ५ दिनका लागि १३ हजार ९ सय ९९ रुपैयाँसम्म

रारा २ रात ३ दिनका लागि २४ हजार ९ सय ९९ रुपैयाँसम्म

पोखरा २ रात ३ दिनका लागि ७ हजार ९ सय ९९ देखि ५ हजार ९ सय ९९ रुपैयाँसम्म

जङ्गल सफारी चितवन २ रात ३ दिनका लागि १६ हजार ९ सय ९९ देखि १२ हजार ९ सय ९९ रुपैयाँसम्म

मुक्तिनाथ दर्शन जोमसोम (तल्लो) को ३ रात ४ दिनका लागि १२ हजार ९ सय ९९ रुपैयाँसम्म


मुक्तिनाथ दर्शन जोमसोम (माथिल्लो) ४ रात ५ दिनका लागि १६ हजार ९ सय ९९ रुपैयाँसम्म

अन्नपूर्ण फुटहिल ट्रेल घान्द्रुक ५ दिन ६ रातका लागि ११ हजार ९ सय ९९ रुपैयाँसम्म

अन्नपूर्ण लक्जरी ट्रेल घान्द्रुक ४ रात ५ दिनका लागि १९ हजार ९ सय ९९ रुपैयाँसम्म

तीमध्ये आकर्षक प्याकेज यस्तो छ

काठमाडौं पोखराको २ रात ३ दिनका लागि १० हजार ९ सय ९९ देखि ६ हजार ९ सय ९९ रुपैयाँसम्म

काठमाडौं विराटनगर २ रात ३ दिनका लागि ११ हजार ९ सय ९९ देखि ७ हजार ९ सय ९९ रुपैयाँसम्म

काठमाडौं भैरहवाको २ रात ३ दिनका लागि ११ हजार ९ सय ९९ देखि ७ हजार ९ सय ९९ रुपैयाँसम्म

काठमाडौं भद्रपुरको २ रात ३ दिनको १२ हजार ९९९ देखि ८ हजार ९ सय ९९ रुपैयाँसम्म

काठमाडौं भरपुरको २ रात ३ दिनको १२ हजार ९ सय ९९ देखि ८ हजार ९ सय ९९ रुपैयाँसम्म

काठमाडौं नेपालगन्जको २ रात ३ दिनको १४ हजार ९ सय ९९ देखि १० हजार ९ सय ९९ रुपैयाँसम्म

काठमाडौं जनकपुरको २ रात ३ दिनको १० हजार ९ सय ९९ देखि ६ हजार ९ सय ९९ रुपैयाँसम्म

काठमाडौं तुम्लिङटारको २ रात ३ दिनको १२ हजार ९ सय ९९ देखि ८ हजार ९ सय ९९ रुपैयाँसम्म

प्रकाशित मितिः     ५ आश्विन २०७७, सोमबार १८:५०  |
error: Content is protected !!