गोविन्द केसीको जीवनरक्षा गर्न सकारसंग चिकित्सक संघ भेरीको माग


नेपालगन्ज ५ भदौ :  जुम्लामा ८ दिनदेखि अनसनरत डा गोविन्द केसीलाई नेपालगन्जको भेरी अस्पतालमा भर्ना गरिएको छ । डा केसीले माग पूरा नभएसम्म अनसन नटुंगिने अडान राखेका छन् ।

चिकित्सक संघ भेरीले डा. केसीको जीवनरक्षाको माग गरेको छ । अध्यक्ष डा. बिनोद कर्णले सरकारसंग उक्त माग गरेका हुन । अध्यक्ष कर्णले केसीलाई भेटेर स्वास्थ्य अवस्था समेत बुझेका छन् ।

जुम्लाबाट काठमाडौं लागेका डा केसीले एक विज्ञप्ति जारी गरी जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर पनि अनसन जारी राख्ने थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा केसी त्यहाँबाट एअरपोर्टसम्म एम्वलेन्समा गएका थिए । जुम्लाबाट डा केसी समिट विमानबाट आज नेपालगन्ज पुगेका हुन ।

राँझा विमानस्थलबाट डा।.केसीलाई अहिले भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको बाँकेका सिडिओ रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

प्रकाशित मितिः     ५ आश्विन २०७७, सोमबार १९:०६  |