काठमाण्डौ गए डा. गोविन्द केसी


जुम्लामा अनसन बसेका डा गोविन्द केसी एक रात नेपालगन्जस्थित भेरी अस्पतालमा बसेर काठमाडौं फर्किएका छन् ।

उनी सोमवार बेलुकी काठमाडौं जानका लागि जुम्लाबाट नेपालगन्ज आएका थिए । अनसनका क्रममा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई अनसनस्थलबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो ।

डा। केसीले २९ भदौंबाट जुम्लामा अनशन सुरु गरेका हुन् । स्वास्थ्यमा समस्या देखिएकोले चिकित्सकको निगरानीमा रहेका डा। केसीको अवस्था नाजुक बन्दै गएको छ ।

उनी लामो समयसम्म बोल्न सक्दैनन् । उनी बुद्ध एयरबाट दिउँसो  १२ बजेको उडानमा नेपालगन्जबाट काठमाडौं गएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

प्रकाशित मितिः     ६ आश्विन २०७७, मंगलवार १२:५४  |