चट्कारेमा नयाँपन दिने केक उत्पादन, यस्ता छन् विशेषता


नेपालगन्ज ७ असोज :  नेपालगन्जको त्रिभुवनचोकमा भदौ पहिलो साता शुरु भएको मेरो प्लानेट कम्पनीको चट्कारे रेष्टुरेण्टले उत्कृष्ट केक उत्पादन शुरु गरेको छ ।

पश्चिम नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरका ४० प्रकारका मिठाइहरुको उत्पादन गरेर चट्कारेले विक्री गर्दै आएको छ । चटकारेको मिठाई र नास्ता कम समयमै निकै लोकप्रिय हुन पुगेको छन् ।

चटकारेले केकको बेकिंग गर्दा केकको बेसलाई नरम, रसिलो र फ्लफी बनाउन विषेश ध्यान दिएको विभिन्न देशका पांचतारे होटलहरूमा काम गरी नेपाल फर्केका अनुभवी शेफहरूद्वारा केकको उत्पादन भईरहेको छ। त्यसैले चट्कारेमा उत्पादन भएकोे केक धेरैले रुचाएका छन् ।


मेरो प्लानेटले नेपालगन्जमै बिश्वस्तरीय फनपार्क निर्माण अन्तिम चरणमा पुर्याएको छ । चट्कारे रेष्टुरेण्टका प्रबन्ध निर्देशक डा ओम मिश्राले नेपाल र भारतीय सीमावर्ति सहरका मिठाई पारखीहरुको माग र आवश्यकतालाई ध्यानमा राखेर पहिलो पटक यस क्षेत्रमा अन्तर्राष्ट्रिय गुणस्तरका मिठाइ, केकेको उत्पादन शुरु गरिएको बताए ।

उनले राम्रो मिठाइका लागि भारतको लखनउ जानु पर्ने बाध्यता रहेकोमा अहिले कोभिड १९ का कारण भारतीय सीमाना बन्द रहेकोले नेपालगञ्जमै अन्तर्राष्ट्रिय गुणस्तरका ४० प्रकारका मिठाइहरुको उत्पादन र विक्रि शुरु गरिएको जानकार दिए ।

प्रबन्ध निर्देशक डा। मिश्राले भारतको दिल्ली, कोलकत्ता,चेन्नई, सिंगापुर र दुबईका विभिन्न रेष्टुरेण्ट तथा तारे होटलमा लामो समय काम गरेर अनुभवि शेफहरुले स्वच्छताको सबै मापदण्ड पुरा गरेर अन्तर्राष्ट्रिय गुणस्तरका मिठाइ, बेकरी र खाजाका परिकारहरु तयार गरिरहेको उल्लेख गरेका छन् ।

चटकारे रेष्टुरेण्टमा राजस्थानको घेवर, पंजाबको डोडा बरफी, कोलकत्ताको सन्देश मिठाई, अमृतसरी छोला भटुरा लगायत विभिन्न किसिमका आइसक्रिमहरुबाट बनाईएका मिल्शकेक जस्ता परिकारहरु उपलब्ध रहेका छन् ।

प्रकाशित मितिः     ७ आश्विन २०७७, बुधबार ०७:३२  |
error: Content is protected !!