नेपालगन्जको कुमाख रेष्टुरेण्टमा मटन कटियाको स्वाद लिन पाइने


नेपालगन्ज ७ असोज : माटोको घैंटो अर्थात ‘कटिया’मा पकाएको स्वादिष्ट खसीको मासु नेपालगन्जमै पाइन थालेको छ ।

नेपालगन्ज न्यूरोडस्थित कुमाख रेष्टुरेण्टले मटन कटिया शुरु गरेको छ ।

पछिल्लो समय मटन कटियाका स्वाद लिने पारखीहरु बढ्दै गएपछि कुमाख रेष्टरेण्टले सेवा दिन थालेको सन्चालक दशरथ चन्दले बताए । अनुभुवी कुकले मटन कटिया पकाइरहेको उनले जानकारी दिए ।

नेपालगन्जका सेवाग्राहीलाई लक्षित गरी मटन कटिया शुरु गरिएको हो ।

गुर्जो लगायत पहाडमा पाइने जडिबुटी मसला राखेर मटन कटिया पकाइने भएकाले स्वाद र गुणस्तर प्रभावकारी रहेको कुमाख रेष्टुरेण्टले जनाएको छ ।

प्रकाशित मितिः     ७ आश्विन २०७७, बुधबार ०९:१०  |