असोज १५ भित्र भर्ना गरिसक्न विद्यार्थीलाई कोहलपुरका निजी विद्यालयको सूचना


नेपालगन्ज । कोरोनाको जोखिम बढ्ने भन्दै ६ महिना देखि बन्द भएका नीजि विद्यालय असोज १५ गतेवाट सञ्चालन हुने भएका छन् ।

सरकारले सुरक्षाको मापदण्ड अपनाउँदै विद्यालय संचालन गर्न अनुमति दिएपछि बाँके कोहलपुर नगरपालिका भित्रका विद्यालय असोज १५ गतेवाट सञ्चालन हुने भएको छ ।

शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका र विद्यालय सिकाई सम्बन्धि आकस्मिक कार्ययोजना अनुसार बाँके कोहलपुर नगरपालिकाका विद्यालय सञ्चालन हुने भएका हुन् ।

बुधवार बसेको प्याप्सन, नेशनल प्याप्सन र क्रिसाको बैठकले बाँकेका नीजि विद्यालय असोज १५ गतेवाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

तिन संगठनले जारी गरेको विज्ञप्तीमा अघिल्लो वर्ष अध्ययन गरेका विद्यार्थीले अनिवार्य रुपमा अभिलेखिकरण तथा भर्ना गरिसक्नुपर्ने उल्लेख छ । समय भित्र भर्ना नगरिएका विद्यार्थीलाई विद्यालयले परिक्षामा सामेल नगराउने जनाइएको छ ।

प्रकाशित मितिः     ७ आश्विन २०७७, बुधबार १६:०४  |