नेपालगन्ज ८ असोज : लकडाउनको अवधिमा उद्योगी, व्यवसायीले धेरै समस्या भोग्नुपर्यो । लकडाउन खुकुलो भए पनि समस्या भने अझै थुप्रै छन् ।
नेपाल राष्ट्र बैंकले गत असारमा कोभिडका कारण अर्थतन्त्रमा परेको प्रभावका विषयमा एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।
जस अनुसार बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी तीन चौथाइ भन्दा बढी (७७.२ प्रतिशत)उद्योग/व्यवसायहरुले तलब/ ज्याला, घरभाडा र बैंक किस्ताजस्ता सञ्चालन खर्च व्यहोर्न चालुपूँजीको अभाव रहनु मुख्य समस्याको रुपमा रहेको बताएका छन्।
त्यसपछि क्रमशः उत्पादनको बिक्री वितरणमा कठिनाइ र बजारमा मागको कमीजस्ता समस्या रहेको देखिएको छ । उद्योगी, व्यवसायीले भोग्नुपरेका मुख्य पाँच समसस्या यस्ता छन् ।