नयन रावलको स्मृतिमा सामाजिक अभियानतालाई सम्मान


नेपालगन्ज ९ असोज :  स्वर्गीय नयनराज रावल स्मृति दिवशको अवसरमा दमयन्ती फाउण्डेसन नेपालगन्जले बिभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

लागुऔषध दूव्र्यसन रोकथाममा प्रमुख अभियानता स्वर्गीय रावलको सम्झना गर्दै आयोजित कार्यक्रममा सामाजिक अभियानता दिपेन्द्रकुमार जोशी र प्रहरीको चारवाहिनीस्थित पुर्नस्थापना केन्द्रलाई नगद सहित सम्मान गरिएको थियो ।


फाउण्डेशनको अध्यक्ष इन्द्राकुमारी जिसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर, जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, प्र्रहरी प्रमुख ओमबहादुर राना लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     ९ आश्विन २०७७, शुक्रबार १४:४०  |
error: Content is protected !!