एक महिनामै १० लाख मोबाइल आयात


चालू आर्थिक वर्ष २०७७र७८ को पहिलो दुई महिना, साउन र भदौको तथ्यांकअनुसार सबैभन्दा बढी मोबाइल आयात भएको छ।

साउन महिनामा सबभन्दा बढी डिजेल आयात भए पनि भदौमा मोबाइल आयातले उछिनेको हो। यसअघि सबभन्दा धेरै आयात हुनेमा डिजेल नै अग्रस्थानमा थियो।

तर कोरोना महामारीपछि भने मोबाइल आयात बढेको। एक त लकडाउनका कारण यातायातका साधन चलेनन्, अर्को अनलाइन कक्षा र घरमै बसेर कार्यालको काम गर्दा मोबाइलको माग बढेको जानकारहरू बताउँछन्।

उच्च माग भएकाले पछिल्लो समयमा बजारमा मोबाइल अभाव समेत भएको व्यापारीहरू बताउँछन्।
भन्सार विभागको तथ्यांक अनुसार चालू आवको पहिलो महिना ९साउन०मा ४ अर्ब १८ करोड रूपैयाँ मूल्य बराबरको ४ लाख ६७ हजार वटा मोबाइल सेट आयात भएको थियो।

भदौ महिना त्यसमा दुई गुणाभन्दा बढी वृद्धि भई ९ लाख ९५ हजार मोबाइल सेट भित्रिएको भन्सारको तथ्यांक छ। यो परिमाणको मोबाइल सेट आयातका लागि देशबाट ७ अर्ब ९४ करोड रूपैयाँ बाहिरिएको भन्सारले जनाएको छ।

लकडाउनमा चोरी निकासीको बाटो बन्द भएकाले पनि मोबाइल आयात बढेको देखिएको मोबाइल आयात संघका अध्यक्ष दीपक मल्होत्राले बताउँछन्।

‘चोरी निकासीले ४० प्रतिशत बजार लिएको थियो, त्यो अहिले हामीले पाएका छौं,’ उनले भने।

नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेका छन्। तीमध्ये चीनबाट ८ लाख ५ हजार, भारतबाट १ लाख ७६ हजार र भियतनामबाट १२ हजार मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांक छ।

पछिल्लो समय मोबाइल प्रयोगकर्ता बढ्दै गएकाले पनि मोबाइलको आयात बढेको हो। ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थालेपछि विकट क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोग तीव्ररूपमा भइरहेको छ।

तराईमा भारतको खुला सीमाबाट पनि मोबाइल आउँछन्।

‘झिटी, गुण्टा आदेश २०७५’ ले पनि मोबाइलको बजारलाई व्यवस्थित गरेको छ। सो व्यवस्थाअनुसार वैदेशिक यात्रामा गएकाले नयाँ मोबाइल १ सेट मात्र ल्याउन पाइने छ

प्रकाशित मितिः     ९ आश्विन २०७७, शुक्रबार १६:२५  |