सामान्य जीवनशैली अपनाउने माननीय !


नेपालगन्ज ११ असोज :  नन्दलाल रोकाय-  कम्युनिष्ट आदर्श बोकेका उचो कदका नेताका रुपमा परिचित छन् । आवरणमा कम्युनिष्ट त व्यवहारमा अर्कै भन्ने आरोप रोकायलाई लाग्दैन । कम्युनिष्ट आदर्श बोकेका यिनै माननीयको आज ७३ औं जन्मदिन हो ।

किनकी व्यवहारमै उनले कम्युनिष्टले अपनाउनुपर्ने आचरण अपनाइरहेका छन् । ६९ वर्षको उमेरमा नेकपाबाट संघीय सांसदका रुपमा बाँके क्षेत्र नं. ३ मा उनले चुनाव लडे । बलियो संगठन र व्यक्तिगत लोकप्रियताका कारण रोकायले चुनाव जिते । जनताबाट अनुमोदन भएको तीन वर्षका बीचमा उनले कुनै तडकभडक देखाएका छैनन् । एउटा सांसदका रुपमा गर्नुपर्ने विकास निर्माण र जनताको सेवाका काम गरिरहेका छन् ।

जनताको दिएको जिम्मेवारी कति पुरा गरे ? कति गरिन त्यो जनताले मुल्यांकन गर्ने कुरा हो । तर मैले सके जति गरेको छु- खजुरागाउँपालिकास्थित सीतापुरमा घरमा सांसद रोकायले भने । सांसद भएको तीन वर्षमा के के काम भए ? घटियामा बसेर योजनाका फाईल पल्टाइरहेका थिए उनी । आफ्नै शैलीमा भन्दै थिए,- जनताले दिएको जिम्मेवारी जस्तोसुकै अवस्थामा पुरा गर्ने तत्परता छाडेको छैन ।

बाँकेको कम्युनिष्ट आन्दोलनमा औलोमा गणना गरिने नेतामा रोकाय पनि पर्छन् । पंचायतकालदेखि नै उनी कम्युनिष्ट आन्दोलनमा सहभागि भए । पंचायकालमै जनप्रतिनिधि भए जनताको सेवा गरे । नेकपा एमालेको जिल्ला अध्यक्ष भएर पार्टी हाँके । उनकै नेतृत्वमा जिल्लाभर साविकको नेकपाले धेरै सफलता हात पारेको इतिहासमा दर्ज छ ।

एउटा बयोबृद्ध नेताको आत्मबिश्वासले साविक एमाले हालको नेकपाको उचो कद हुनुुमा धेरै नेता, कार्यकर्तासंगै रोकायको भूमिका पनि कम छैन । तर उनी आफुले निर्वाह गरेको भूमिका प्रचार गर्दै हिड्दैनन् । प्रचारमुखी नबन्ने उनको स्वभाव छ । संसद चल्दा काठमाण्डौं र नचल्दा गाउँ आउँछन् । गाउँ आएपछि सामान्य शैलीमा जनताका घरमा पुग्छन् । विकास निर्माणको योजना बनाउने र भएका योजनाका अनुगमन गर्छन । रोकाय भन्छन्- जनताका आंकाक्षा धेरै छन् । त्यो आंकाक्षा पुरा गर्न जनप्रतिनिधि खरो भएर उत्रिनुपर्ने रहेछ ।

रोकाय विवादरहित छन् । उनको सामान्य जीवनशैली अरुका लागि पनि प्रेरणादायी बन्न सक्छ । पुरानो घर अनि सामान्य बसाईले एउटा आदर्श कम्यूनिष्ट नेताको रुपमा उनलाई सबैले महसुस गर्छन । कुनै तडकभडक जीवनशैली उनले अपनाएनन् र अपनाउने रुची पनि राखेनन् । भन्छन्- युवा उमेरमा नराखेको रुची अब के राखौला । आदर्शबाटच्यूत हुँदै गएका कम्यूनिष्ट बिचार बोक्नेहरुले रोकाय जस्ता नेताबाट आदर्शकबाट कुरा सिक्न सक्छन् ।

प्रकाशित मितिः     ११ आश्विन २०७७, आईतवार ०९:१८  |