मेगा बैंकको सेयर खुल्यो, नेपालगन्जबाट पनि आवेदन दिन पाइने


काठमाडौं । मेगा बैंकको सेयर बिक्री खुला भएको छ । बोलकबोलबाट बिक्रीमा ल्याएको हकप्रद सेयर खरिदका लागि आइतबारदेखि आवेदन दिन सकिनेछ।

बैंकले संस्थापक समूहतर्फको ११ लाख ३३ हजार ३४४ र सर्वसाधारण समूहतर्फको ७ लाख ७ हजार ३९४ गरी १८ लाख ४० हजार ७३९ कित्ता सेयर बोलपत्रबाट बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले असोज ११ गतेदेखि असोज १८ गतेसम्म सेयर खरिद गर्न शिलबन्दी बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ । सेयरको मूल्य न्यूनतम १०० रुपैयाँ तोकिएको छ ।


न्यूनतम १०० कित्ता र अधिकतम् १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। उपत्यका भित्र मेगा बैंकको कमलादीस्थित मुख्य कार्यालय, नयाँ बानेश्वर चोक, ठमेल, न्युरोड (पीपलबोट), ज्ञानेश्वर, चाबहिल, बौद्ध, कलंकी, गोंगबु, महाराजगञ्ज, मैतीदेवी, जावलाखेल, पुरानो ठिमी र सूर्यविनायक शाखाबाट सर्वसाधारणहरुले सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

यसैगरी, काठमाडौं उपत्यका बाहिर धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, तुल्सीपुर, भैरहवा, बुटवल, अर्घाखाँची, तम्घास, तानसेन, नारायणगढ, पोखराको सभागृहचोक र चिप्लेढुंगा, हेटौंडा, वीरगञ्ज, सिन्धुली, जनकपुर, धरान, विराटनगर र बिर्तामोड शाखाबाट सेयर खरिदका लागि आवेदन दिने व्यवस्था मिलाइएको मेगाले जनाएको छ ।

बैंकले २०७४ साल भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म हदप्रद सेयरको बिक्री खुला गरी आवेदन माग गरेको थियो । त्यतिबेला संस्थापक तथा सर्वसाधारण समूहतर्फका सेयरहरुका लागि आवश्यक आवेदन नपरेकाले ती सेयरहरु अहिले बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।

प्रकाशित मितिः     ११ आश्विन २०७७, आईतवार ११:३४  |
error: Content is protected !!