यी हुन् नेपालबाट सबैभन्दा बढी निर्यात हुने पाँच वस्तु


भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७र७८ को साउन र भदौसम्मको तथ्याङ्कमा नेपालबाट सबैभन्दा बढी निर्यात हुने प्रमुख वस्तुमा भटमासको तेल देखिएको छ।

पहिले पाम ओयल नेपालबाट सबैभन्दा बढी निर्यात हुने गर्थ्यो। चालू आवको शुरूआती महिनादेखि नै नेपालको निर्यात बढाउने प्रमुख वस्तु पाम ओयलमा भारतले प्रतिबन्ध लगाएसँगै यसको निर्यात हुन सकेको छैन।

चालू आव पहिला दुई महिना साउन र भदौसम्ममा ५ अर्ब ४७ करोड मूल्य बराबरको ३ करोड ९५ लाख किलो भटमासको तेल निर्यात भएको विभागको तथ्याङ्कले देखाएको छ।
दोस्रोमा कालो चिया १ अर्ब ५३ करोड मूल्य बराबरको ५२ लाख ८४ हजार किलो निर्यात भएको छ।

त्यस्तै, कार्पेट १ अर्ब ३२ करोड मूल्य बराबरको १ लाख ३१ हजार स्क्वायर मिटर, अलैंची ९६ करोड ७ लाख मूल्य बराबरको १२ लाख किलो र फेल्ट तथा ऊनी ६३ करोड ६८ लाख मूल्य बराबरको २ लाख ५१ हजार किलो निर्यात भएको छ।
नेपालबाट सबैभन्दा बढी निर्यात गरिने देशमा भारत, अमेरिका जर्मन, बेलायत, टर्की र चीन रहेका छन्।

प्रकाशित मितिः     १२ आश्विन २०७७, सोमबार १४:१६  |