कोहलपुरका होटल व्यवसायीको माग : घरभाडा र कर मिनाह गरिदेउ


कोहलपुर १२ असोज :  होटल व्यवसायी संघ बाँकेले कोहलपुर नगरपालिमा ज्ञापन पत्र बुझाएको छ ।

कोरोनाको प्रभावले होटल र पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेकोले स्थानीय सरकारले होटल र पर्यटन व्यवसायीहरुलाई राहातका कार्यक्रम ल्याउन माग गर्दै कोहलपुर नगरपालिमा ज्ञापन पत्र बुझाएको होटल व्यवसायी संघ बाँकेका महासचिव खेमराज शर्माले बताए ।

कोहलपुर नगरपालिकाका प्रमुख लूटबहादुर रावतलाई ज्ञापन पत्र बुझाउँदै संघले घर भाडामा लिएर सञ्चालनमा रहेका होटलहरुको बन्दाबन्दी अवधीमा कारोवारो नै चौपट भएकाले २ महिनाको घर भाडा छुटकालागि पहल गरिदिन आग्रह गरेको छ ।

यसैगरी संघले स्थानीय सरकारले लिदै आईरहेको व्यवसायीक कर मिनाहाकालागी पनि आग्रह गरेको छ । आर्थिक वर्ष २०७६ र ०७७ को व्यवसायीक कर मिनाहाकालागी नीतिगत रुपमै व्यवस्था मिलाई दिन ज्ञापन पत्र मार्फत माग गरिएको संघका अध्यक्ष एकनारायण चापागाईले बताए ।

प्रकाशित मितिः     १२ आश्विन २०७७, सोमबार १५:१८  |