कोरोनाबाट नेपालगन्ज मेडिकल कलेजका दुई कर्मचारी सहित तीन जनाले ज्यान गुमाए


नेपालगन्ज १३ असोज :  नेपालगन्ज मेडिकल कलेजले कोरोनाका कयौं बिरामीको उपचार गरेर नयाँ जीवन दिइरहेको छ । तर यही अस्पतालका दुई जना कर्मचारी र एकजना कर्मचारीका श्रीमानले कोरोनाका कारण ज्यान गुमाउनुपरेको छ ।

कयौं कर्मचारी कोरोनाको संक्रमणबाट गुज्रिरहेका छन् । अस्पतालका कर्मचारी प्रेम लामाको निधन भएको भोलिपल्टै मंगलवार अर्का एकजना कर्मचारी र कर्मचारीका श्रीमानको कोरोनाका कारण मृत्यु भएको छ ।


अस्पतालको इको बिभागमा कार्यरत सुरज परियार र कर्मचारी चुमा अधिकारीका श्रीमान रबि देबकोटा देवकोटाको मृत्यु भएको छ ।

 

प्रकाशित मितिः     १३ आश्विन २०७७, मंगलवार ०६:५९  |
error: Content is protected !!