सुनचाँदी व्यवसायी महासंघ, प्रदेश न. ५ को अध्यक्षमा बुद्धि दियाली


बुटवल – नेपाल सुनचाँदी व्यवसायी महासंघ, प्रदेश न. ५ मा नयाँ नेतृत्व चयन भएको छ । सोमबार बुटवलमा भएको प्रथम साधरणसभा तथा अधिवेशनबाट बाँकेका बुद्धि बहादुर विकको अध्यक्षतामा कार्यसमिति चयन भएको हो ।

महासंघको उपसभापतिमा विक्रम बहादुर सुनार (रुपन्देही) अर्को उपसभापतिमा गोपाल बहादुर सुनार (गुल्मी), सचिवमा डिल बहादुर सुनार (कपिलबस्तु), सहसचिवमा हरि बहादुर सुनार (रुपन्देही), कोषाध्यक्षमा सञ्जय सोनी(बाँके) र सहकोषाध्यक्षमा राजकुमार विश्वकर्मा ९नवलपरासी० निर्विरोध निर्वाचित भएका छन् । यसैगरि सदस्यहरुमा विनोद कुमार विक, नित्यानन्द वर्मा, प्रेम कुमार स्वर्णकार, अर्जुन सुनार, मदन केसी, हिमांशु बैश्य, अमर बहादुर सुनार र टोपेन्द्र बराली निर्वाचित भएको निर्वाचन अधिकृत बाबुराम विश्वकर्माले बताए ।

 


यसअघि भएको उद्घाटनसत्रमा बोल्ने वक्ताहरुले सुनचाँदी व्यवसायलाई राज्यले अझै पनि उपेक्षा गरेको गुनासो गरेका थिए । जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले सुनचाँदी व्यवसाय कला, सिप र सस्कृतसँग जोडिएकाले सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले अहिले सरकारले उद्योग प्रवद्र्धन र विकासका कार्यक्रम ल्याएको बताउँदै सुनचाँदी व्यवसायलाई कला र सस्कृतीका आधारमा बिशष्टि उद्योगका रुपमा स्थापित गर्नुपर्ने बताए । उनले नेपालमा उत्पादीत गहनालाई अब अन्र्तराष्ट्रिय बजारसम्म पु¥याउनुपर्ने बताए ।

रुपन्देही सुनचाँदी व्यवसायी संघको आतिथ्यतामा भएको कार्यक्रममा महासंघका सचिव सुदीप श्रेष्ठले आफूहरु व्यवसायिक हकहितका निम्ति एकजुट भएको बताए ।

साधरणसभाका अवसरमा महासंघका केन्द्रीय सदस्य धु्रव गहतराज, सल्लाहुद्धिन जयसवाल, देवि वर्मा, रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एम।वि। विश्वकर्मा, बर्दियाका सचिव टंक सुनार, नवलपरासी अध्यक्ष राजेन्द्र सुनार, सिद्धार्नथर सुनचाँदी व्यवसायी संघका प्रकाश विक, बुटवल सुनचाँदी व्यवसायी महिलाका अध्यक्ष कमला विक लगायतले बोल्दै शूभकामना दिएका थिए । महासंघ प्रदेश ५ आयोजक कमिटिका संयोजक प्रेम कुमार सेन्चुरीको अध्यक्षता तथा सचिव जोगलाल विश्वकर्माको सञ्चालनमा भएको थियो ।

प्रकाशित मितिः     १३ आश्विन २०७७, मंगलवार ०७:२८  |
error: Content is protected !!