‘आउनुहोस्, बाँकेमा १५ दिन भित्र दुई सय कोभिड बेड बनाउन सहकार्य गरौं’


बाँके १३ असोज :  बाँकेमा कोरोना संक्रमण दर बढ्दै छ । कोभिड बिशेष अस्पताल संक्रमित विरामीका कारण भरिएका छन् । मृत्युको संख्या पनि थपिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले १५ दिनभित्र कोरोना बिशेष बेड आवश्यक भएको बताउँदै सहकार्यका लागि अनुरोध गरेका छन् ।

उनले सामाजिक सन्जालमा गरेको आग्रह यस्तो छ,-
भेरी अस्पतालमा कोभिड वार्ड भरिन २ बेड मात्रै बाकी छ । कोहलपुर मेडिकल कलेजमा पनि उस्तै भिडभाड छ । १५ दिन भित्र कम्तीमा बाकेमा २०० कोभिड बेड अत्यावश्यक छ , आउनुस सहकार्य गरौं ।।

प्रकाशित मितिः     १३ आश्विन २०७७, मंगलवार १८:०२  |