वातावरण र दिगो विकासका लागि नेपालगन्जको सोल्टी वेष्टेण्ड प्रिमियर होटेललाई सम्मान


काठमाडौं । ४१ औं विश्व पर्यटन दिवसको अवसरमा सोल्टी वेष्टेण्ड प्रिमियर होटेल नेपालगञ्जलाई वातावरण मैत्री प्रविधि प्रयोग गरी सुविधासम्पन्न होटेल विस्तार मार्फत वातावरण र दिगो विकास समेतमा उल्लेखनीय योगदान पुर्‍याए बापत सम्मानित गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले सो अवसरमा उक्त होटललाई सम्मान गरेको हो । काठमाडौंको सोल्टी होटेलको उत्कृष्ट ब्राण्डमा संचालित उक्त होटल प्रदेश नं ५ को केन्द्रमा स्थापना गरिएको पहिलो पाँच तारे होटल पनि हो ।

प्रमुख पर्यटकीय गन्तब्यको रुपमा रहेको मध्यपश्चिम नेपालको केन्द्रमा रहेको उक्त होटल पर्यावरण तथा वातावरणमा पर्ने असरलाई निस्तेज पार्दै सञ्चालनमा रहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सोल्टी शिबक्रिम होटेल तथा रिर्सोटस् प्राइभेट लिमिटेडले सञ्चालन गरेको उक्त होटेलले नेपालका अन्य समकक्षी होटेलहरुलाई समेत वातावरण मैत्री बन्न उत्प्रेरित गर्दै सकारात्मक प्रेरणा प्रदान गर्ने अपेक्षा सहित देशको समग्र पर्यटनको दिगो विकासमाटेवा पुर्‍याउने लक्ष्य सहित समग्र क्षेत्रको पर्यटनमा गुणस्तरिय सेवा प्रदान गर्न सघाई रहेको विज्ञप्तिमा उल्लेख छ ।

सोल्टी वेस्टेण्ड प्रिमियर होटेल संयुक्त राज्य अमेरिकाको वासिङटनस्थित स्वतन्त्र र गैर नाफामुलक संस्था यूएस ग्रीन विल्डिङ्ग काउन्सिलबाट पर्यावरणमैत्री ग्रिन होटेल लिड लिडरशिप इन इनर्जि एण्ड इन्वाइरन्मेण्टल डिजाईनबाट प्रमाणित भई प्रमाणपत्र पाउने यस किसिमको नेपालको पहिलो पर्यावरण मैत्री ग्रिन होटेल हो ।

सोल्टी वेस्टेण्ड प्रिमियर होटेल नेपालगञ्जले अपनाएको प्रविधिहरु पूर्णतः पर्यावरण मैत्री रहेको पनि बताइएको छ । वातावरण अनुकूलनका लागि नेपालमा पहिलो पटक प्रयोग भएको रेडियन टेक्नोलोजी, फोहोर व्यवस्थापन प्रविधि, वायु प्रशोधित गरि पुर्नप्रवाह, वर्षातको पानी भौमजल पुनर्भरण व्यवस्था, पानी शुद्धिकरण संयंत्र, ध्वनीप्रदुषण नियन्त्रण, रिजेन टेक्नोलोजीयुक्त लिफ्टहरु, सौर्य उर्जा र स्वचालित कम्युटर प्रविधियुक्त भवन व्यवस्थापन प्रणाली पनि उक्त होटलको भवनमा जडान गरिएको छ ।

सोल्टी शिबक्रिम होटेल्स तथा रिसोर्टस प्राइभेट लिमिटेडको स्वामित्वमा रहेको सोल्टी वेष्टेण्ड प्रिमियर होटेल नेपालगञ्ज सेवाहरुका सम्पूर्ण आयामहरुको उत्कृष्टता, उच्चगुणस्तर, अन्तरराष्ट्रिय मापदण्ड तथा अनुगमन गरीदक्ष व्यावस्थापनबाट सञ्चालनमा रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

उक्त होटेलमा आधुनिक सुबिधा सम्पन्न ८१ ओटा कोठा रहेका छन् । यसका अतिरिक्त होटेल परिसर भित्रै पर्यटनलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति तयार गर्नका लागि हस्पिटालिटी भोकेशनल ट्रेनिङ सेन्टरसमेत छुट्टै भवनमा संचालनमा रहेको छ जसलाई नेपालको ख्याति प्राप्त सिल्भर माउण्टेनको कम्पनी द होटेल स्कुल नेपालले संचालन तथा व्यस्थापन गर्दछ ।

होटेलमा स्वीमिङ पुल सहितको आधुनिक सुबिधा सम्पन्न स्पा तथा वेलनेस सेन्टर छ जसले गुणस्तरिय स्पातथा सोसम्बन्धी सेवा सुविधाहरु प्रवाह गरि रहेको छ । होटेलमा ठूलासाना सभा, सम्मेलन, समारोह तथा प्रितिभोजहरुको आयोजनाका लागि दुई ओटा सभागृह रहेका छन् ।

सोल्टी वेस्टेण्ड प्रिमियर होटेलमा क्यासिनो इम्पीरियलबाट लाइभ क्यासिनो संचालनमा रहेको छ । निकट भविष्यमा क्यासिनो संचालन गर्नका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरु सहितको सुबिधा सम्पन्न भवन निर्माण सम्पन्न गर्ने कार्ययोजना समेत रहेको उक्त कम्पनीका अध्यक्ष दिनेश बहादुर विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मितिः     १४ आश्विन २०७७, बुधबार १०:२९  |