दसैंको पूर्वसन्ध्यामा ४ वर्षपछि बजारमा आयो रोयल स्ट्याग


काठमाडौं । दसैं –तिहारको पूर्वसन्ध्यामा ४ वर्षपछि रोयल स्ट्याग बजारमा आएको छ । नेपाली मदिरा बजारमा राम्रो बजार हिस्सा बनाइरहेको समयमा ४ वर्षअघि रोयल स्ट्याग नेपालबाट बाहिरिएको थियो । रोयल स्ट्याग भारतीय ब्रान्ड हो ।

केही महिनाअघि नयाँ लगानीकर्ताहरुको व्यवस्थापनमा रोयल स्ट्यागको रोयल्टी लिएर नेपालमा नै उत्पादन गर्ने गरी उद्योग स्थापना भएको थियो ।
रोयल्टीसम्बन्धी नयाँ कानुनका कारण ४ वर्षअगाडि नेपालबाट बाहिरिएको रोयल स्ट्यागको नेपालमा विनर लिक्कर्सले उत्पादन थालेको होे ।

रोयल स्ट्यागका उत्पादनका लागि व्यवसायी रोहित कोहलीले २ वर्षअघि विनर लिक्कर्स कम्पनीलाई खरिद गरेका थिए । कोहलीले २ वर्षअघि झापामा रहेको विनर लिक्कर्सलाई खरिद गरेका थिए । उनीसँगको साझेदारीमा क्याप्टेन रामेश्वर थापा पनि रहेका छन् ।


उद्योग खरिदसँगै रोयल स्ट्याग ह्स्विकी उत्पादनका लागि कम्पनीले ४० करोड लगानी थप गरेको छ । विनर लिक्कर्स प्रालिका प्रबन्ध निर्देशक कोहलीले रोयल स्ट्याग उत्पादन गरी नेपालभरि पुगिसकेको बताए ।

‘पुरानै स्वाद छ भनेर पारखीहरुले मनपराइरहेका छन्, कोहलीले भने यो साता भित्रमा काठमाडौं उपत्यका भित्र पनि बजार विस्तार गर्ने योजनामा छौं । ’सरकारले विदेशी मदिरा ब्रान्ड नेपालमा उत्पादन गरेर नाफा गरेपछि त्यसको ६ प्रतिशत रोयल्टी लैजान पाउने प्रावधान ल्याएपछि रोयल स्ट्याग नेपालबाट बाहिरिएको थियो ।

यसअघि रोयल स्ट्याग हिमालयन डिस्ट्रिलरीसँग सम्झौता गरेर १६ वर्षसम्म नेपालमा उत्पादन भएको थियो ।  क्यापिटल नेपालबाट

प्रकाशित मितिः     १६ आश्विन २०७७, शुक्रबार ०७:४६  |
error: Content is protected !!