बर्जर पेन्ट्सको ‘बर्जर कलर स्प्लास’ योजना


रङ उत्पादक कम्पनीले बर्जर जेन्सन एन्ड निकल्सन (नेपाल) प्रालिले आउँदो दसैंतिहार अवसरलाई लक्षित गरी ‘बर्जर कलर स्प्लास’ ग्राहक योजना सुरु गरेको छ ।

असोज १५ देखि लागू भएको यो योजनाअन्तर्गत १ सय वर्गफिट बराबरको सिल्क डिजाइन पेन्टस् पक्का उपहार प्राप्त गर्न बर्जर पेन्ट्स योजनामा उल्लिखित ब्रान्ड खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ ।योजनाअन्तर्गत एक भाग्यशाली विजेताले बम्पर पुरस्कारमा नगद ५ लाख प्राप्त गर्नेछन् । अन्य पुरस्कारमा २ लाख २ जनालाई, ५० हजार ५ जनालाई र सामसुङ मोबाइल फोन सेट १ सय जनालाई प्रदान गरिनेछ ।

उपभोक्ताहरुले बर्जर पेन्टले रंग्याएको घरको फोटो अपलोड गरेर डिजिटल प्रतियोगितामा पनि भाग लिन सक्ने कम्पनीले जानकारी दिएको छ । सहभागीमध्ये उत्कृष्ट २८ घरधनीले नगद पुरस्कार जित्न सक्नेछन् ।योजना कम्पनीका उत्पादन वेदर कोट लङ लाइफ, वेदर कोट अल गार्ड एक्सपी, वेदर कोट अल गार्ड, वेदर कोट एन्टिडस्ट, सिल्क ग्ल्यामर एक्सपी, सिल्क ब्रेथ इजी, सिल्क लक्जरी, इजी क्लिन एक्सपी र इजी क्लिनमा लागू गरिएको छ ।

प्रकाशित मितिः     १६ आश्विन २०७७, शुक्रबार ०७:४९  |