सिटी एक्सप्रेसको ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १० हजार हातमा’ योजना सार्वजनिक


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ६० दिनसम्म चल्ने योजना ल्याएको छ ।

‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा’ उपहार योजनाको घोषणा सिटी एक्सप्रेसले गरेको हो । सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६० दिन लगातार हरेक दिन १ जना विजेताले १० हजार पाउने छन् ।


कम्पनीका अनुसार यस “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा” अफर असोज १५ गते देखि मंसिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु हुने छैन ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया , अष्ट्रेलिया, लगायत संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मितिः     १६ आश्विन २०७७, शुक्रबार ०७:५१  |
error: Content is protected !!