थप कोभिड बेड बनाउन बाँकेका स्थानीय तहले रु १ करोड दिने


नेपालगन्ज १६ असोज :  बाँकेका स्थानीय तहका प्रमुखहरु सहित बिहिवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकलेभेरी अस्पतालमा तत्काल थप ७५ बेडको कोरोना वार्ड संचालन गर्ने निर्णय गरेको छ ।

त्यसका लागि बाँकेका सबै स्थानीय तहले रु १ करोड उपलब्ध गराउने सहमति गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले जानकारी दिए ।


भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा संक्रमितको संख्या बढ्दै गएपछि बेड अभाव भएको छ ।

प्रकाशित मितिः     १६ आश्विन २०७७, शुक्रबार ०९:२३  |
error: Content is protected !!