प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दियाका मोतीप्रसाद शर्मा नियुक्त


नेपालगन्ज १६ असोज :  प्रदेश मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले गरेका निर्णयहरु :

१. प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दिया गुलरियाका मोतीप्रसाद शर्मालाई नियुक्त गर्ने ।
२. कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा दिने । यस अघि १० करोड रुपैंया राखेर कोष स्थापना गरिएको थियो ।
३. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा अस्थायी दरबन्दी स्विकृत गर्ने । गत वर्षदेखि नै कामकाज गर्दै आइरहेकाहरुको यस वर्ष पनि दरबन्दी स्विकृत गरिएको हो ।

प्रकाशित मितिः     १६ आश्विन २०७७, शुक्रबार १३:०६  |