विद्युतको काम वर्षौसम्म लट्काउने ठेकेदारले उल्टो मुद्दा हाले, फेरी काम अवरुद्ध हुनेमा स्थानीय चिन्तित


नेपालगन्ज १६ असोज :  राप्तीसोनारीको बैजापुर र नरैनापुरको विद्युतीकरणको काम गर्ने जिम्मा लिएर वर्षौसम्म अलपत्र पार्ने एउटा ठेकेदार कम्पनीले आफुलाई अन्याय परेको दावी सहित अदालतमा मुद्दा दर्ता गरेका छन् ।

२०६९ सालमा राप्तिसोनारीको बैजापुर र साबिकको नरैनापुरको ४ नम्बर वडामा विद्युतिकरणको जिम्मा लिएको ठेकेदार कम्पनीले हाल सम्म पनि काम नगरेको भन्दै प्राधिकरणले उसको ठेक्का रद्ध गरेको थियो ।

ठेकेदार कम्पनीले बिद्दुतको काम नगर्नु नगराउनु भनि प्राधिकरणका बिरुद्ध अदालतमा मुद्दा हालेका छन् । लामो समय सम्म पनि ठेक्का पाएको ठेकेदारले काम नगरेका कारण स्थानीयहरु बिजुलीको अभावमा अन्धकारमा बस्न बाध्य भएका थिए।

साबिकको बैजापुर गाबिसको ३ र ४ नँ वडा नरैनापुरको ४ नँ वडामा पुर्णरुपले बिद्दधुतिकरणको काम गर्ने भनि २०६९ सालमा राजेन्द्र मिश्र प्रो प्राइटर रहेको श्री गौरी पार्बती श्रीम उष्मा जेभी कम्पनीले ठेक्का लिएको थियो । ८ करोड ७० लाखमा ठेक्का लिएको उक्त ठेकेदार कम्पनीको लापरवाहीका कारण

बिद्दधुतको काम नहुदा स्थानिय जनताहरुले सास्ती खेप्दै आएकाछन ।  काम नगर्ने ठेकेदारको ठेक्का रद्ध गरि बिद्धुत प्राधिकरणले आफै काम गरोस भन्ने माग सहित स्थानिय जनताहरु पटक पटक बिद्धुत प्रधिकरणमा दबाव दिदै आएका थिए ।

२०६९ सालमा नै एडभान्स पेमेन्ट स्वरुप ८६ लाख रुपैया लिएको ठेकेदार कम्पनीले बिद्धुत प्राधिकरण लाई पटक पटक झुक्याउदै आएको थियो ।पटक पटक झुक्याउदै आएको ठेकेदार कम्पनीले सम्झौता बमोजिम काम नगरेपछि बिद्धुत प्राधिकरणले २०७७ साल असोज ६ गते उसको ठेक्का रद्ध गरेको थियो ।

यश भन्दा पहिला पनि २०७६ सालमा राप्तीपारीको ३३ के भी प्रसारण लाइनको सोही कम्पनीको ठेक्का रद्ध भएको थियो र त्यसमा पनि उक्त ठेकेदार कम्पनीले तुलसीपुर उच्च अदालतमा रद्ध भएको ठेक्का उल्टाउन मुद्दा दायर गरेको थियो तर ऊच्च अदालतले बिद्धुत प्राधिकरणकै पक्षमा फैसला गरपछि ३३ के भि प्रसारण लाइन बिद्धुत प्राधिकरणले आफै सम्पन्न गरेको थियो ।

बैक धरौटी जफत नगरियोस,र टेन्डर रद्द गर्ने लाई कारवाही गरियोस भन्दै तुल्सीपुर उच्च अदालतमामा अर्को मुद्दा दर्ता गरेको थियो । उच्च अदालतलेबिद्धुत प्राधिकरण लाई यही १४ गते पत्रकाटी यही अशोज २३ गते बहसको उपस्थित हुन भन्ने पत्र काटको छ । ठेकेदार कम्पनीले २०७७ साल जेठ महिना भित्र सबै काम पुर्ण रुपले गरिक्ने कार्यतालिका बिद्धुत प्राधिकरण लाई दिएको तालिका अनुसार कुनै पनि कामको सुरुवातै नगरेको हुनाले प्राधिकरण ठेक्का रद्ध गर्न बाध्य भएको नेपाल बिद्धुत प्राधिकरण ५ नँ प्रदेस डिभिजन कार्यालयका प्रमुख मुनेन्द्र ठाकुरको भनाइ रहेको छ ।

डिभिजन प्रमुख ठाकुरका अनुसार ठेकेदार कम्पनीले कुन कुन महिनामा के के कामगर्ने भन्ने बिस्तृत रुपमा दएको कार्यतालिका आफु सँग सुरक्षित रहेको र प्रतिवद्दता गरेको कार्यतालिका अनुसार कुनैपनि काम नगरेकोले आफु बलियो भएको जानकारी गराए ।

ठेकेदार कम्पनीको कार्तालिकाअनुसार २०७६ भाद्र बाट काम सुरु गर्ने,२०७६ असोजमा सामान अडर गर्ने,२०७६ फागुन सम्ममा सामान फिल्डमा खसाल्ने,२०७६ चैत्रमा पोल गाडि सक्ने,२०७७ बैशाखमा तार तानि सक्ने, २०७७ जेठमा ट्रान्सफर्मर जडान गरि सक्ने र २०७७ जेठ महिना भित्र सम्पुर्ण काम कम्पिलिट गरिसक्ने भन्ने ठेकेदारको सेडुवलर कार्यतालिका रहेको डिभिजन प्रमुख ठाकुरले जानकारी गराए ।ठेकेदार कम्पनीको लापरवाही र ढिला सुस्ती बाट हैरान भएका बैजापुर र नरैनापुर बासी ठेकेदारको ठेक्का रद्ध भएपछी खुसी भएका थिए । उनिहरु काम नगर्ने ठेकेदार बाट मुकति पाइएको र अब छिटटै प्राधिकरणले कामगर्ने भयो भनेर ढुक्क भएका थिए ।

तर मुद्दा परेपछी भने उनिहरुमा निरासा र आक्रोस पैदा भएको छ । राप्तीपारीको बिद्धुतिकरणका लागि अहिरात्र खटिरहेका बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले ठेकेदारले चरम लापरवाही गरेर राप्तीपारीका जनतालाइ अन्धकारमा बस्न बाध्य बनाएकोले उस्को कमजोरी प्रस्टै भएको बताए ।

बैजापुरकै स्थानियबासी रहेका संविधान सभा सदस्य पट्टु थारुले ठेकेदार कम्पनीले अझै पनि मुद्दामामिला गरि जनता लाई दुख दिन खोजे जनता आन्दोलनमा उत्रन बाध्य हुने जनाए । यस्तै नेकपा राप्तीसोनारी गाऊकमिटिका अध्यक्ष चिम वहादुर घर्ती निर्मलले अहिलेका जनता सचेत जनता भएकाले जनता लाई धोका र दुख दिने ठकेदार कम्पनी लाई अब जनताले न छाड्ने वताउदै त्यसका बिरुद्ध सँघर्ष समिति नै बनाइ अगाडी बढ्ने जनाए ।

नरैनापुर गाऊपालिका अध्यक्ष ईस्तियाक अहमद शाहाले ठेकेदारको कम्जोरीका कारण आफ्नो क्षेत्रमा बत्ति बल्न नसकेको भन्दै जनता उतार्न तयार रहेको बताए । नेपाली काँग्रेस नरैनापुरका सभापति मेराज अहमद खाँले ठेकेदारको कामगर्ने तौर तरिका गलत भएको र त्यस्तालाइ सरकारले कारवाही गर्न नसकेका कारण ठेकेदारको एकाधिकार भएको जिकिर गरे । जनता जागरुक हुन जरुरी भएको भन्दै जनताको जित सुनिश्चित हुने नेकपा नरैनापुर गाऊ कमिटिका सचिव मेराज खाँले वताए । ।

प्रकाशित मितिः     १६ आश्विन २०७७, शुक्रबार १३:५९  |