भालुवाङलाई राजधानी बनाउने निर्णय न्यायोचित : आईपी खरेल


नेपालगन्ज २६ असोज :  प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।

त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ । प्रदेशको नाम लुम्बिनी प्रस्ताव गरिएको छ भने प्रदेशको राजधानी भालुवांग राख्ने निर्णय भएपछि बाँके, बर्दियामा खुसियाली छाएको छ । प्रदेश सांसद समेत रहेका नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले उक्त निर्णयलाई स्वागतयोग्य र न्यायोचित निर्णय भन्दै प्रतिक्रिया दिएका छन् ।

संघीयता कार्यान्वयनसंगै असन्तुष्ट रहँदै आएका बाँके र बर्दियाले यो निर्णयले राहत महसुस गराएको खरेलले बताए । उनले भने- बाँके, बर्दियाका लागि मात्र होइन यो प्रदेशका सबै जिल्लाका लागि उचित र पायक पर्ने ठाउँ हो । खरेलले प्रदेशका सबै जिल्लालाई पायक पर्ने ठाउँमा राजधानी तोक्ने निर्णय जायज भएको बताए ।

प्रकाशित मितिः     १६ आश्विन २०७७, शुक्रबार १४:४२  |