बैसपानीमा दुई दर्जन बढि नेकपा प्रवेश


गुर्भाकोट(सुर्खेत) १६ असोज :  सिम्ता गाउँपालिका ७ बैसपानीका बिभिन्न व्यक्तिहरु शनिवार नेकपा प्रवेश गरेका छन् ।

नेपाली काग्रेसबाट नेकपामा प्रवेश गरेका उनीहरुलाई नेकपाका नेता एवं सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसी, सिम्ता गाउँपालिका पार्टी सचिव झुपबहादुर बुढा, क्षेत्रीय समिति सचिव गणेश बिक, युवा संघका प्रदेश कमिटि सदस्य विकास ओली लगायतले स्वागत गरे ।

पार्टी प्रवेश गर्नेहरुले बिगतमा विकास आउन नसकेको गुनासो गर्दै अहिले गाउँमा विकास पूर्वाधार निर्माणको काम धमाधम भइरहेकोमा सन्तुष्टि व्यक्त गरेका छन् ।

त्यस्तै गाउँपालिका अध्यक्ष केसी सहित नेकपाका नेताले गाउँको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मितिः     १६ आश्विन २०७७, शुक्रबार २०:१५  |