बर्दियाको कम्पनी भिजिट गरेर फर्किए बिनोद चौधरी


नेपालगन्ज १७ असोज :  चौधरी समूहका प्रमुख एवं प्रतिनिधिसभा सांसद विनोद चौधरीले बाके,बर्र्दियाका आफ्ना कम्पनी भिजिट गरेर काठमाण्डौं फर्किएका छन् ।

बर्दियामा रहेको चौधरी फुड्स र बाँकेमो खजुरामा उनले निरीक्षण गरेका थिए ।

खजुरामा चौधरी समूहको के छ भन्ने खुलेको छैन । यद्यपी बर्दियाको बाँसगढीमा भने पश्चिमकै ठूलो चाउचाउ उत्पादन गर्ने उद्योग रहेको छ ।


त्यहाँ कार्यरत पचास बढि कर्मचारीलाई कोरोना संक्रमण भएको थियो ।

कोरोनाको हटस्पट बनेर मुक्ति पाएको कम्पनी चौधरीले अवलोकन गरेका हुन ।

चौधरी स्वयंले पनि कोरोना जितेका छन् । कम्पनी भिजिट पछि उनले शुक्रवार दिउँसो कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा नास्ता गरेका थिए ।

प्रकाशित मितिः     १७ आश्विन २०७७, शनिबार ०७:४०  |
error: Content is protected !!