कोहलपुर क्षेत्रमा छरिएर रहेका प्रजातन्त्रवादी इन्जिनियरहरु गोलबद्ध


नेपालगन्ज : इन्जिनियर अर्जुनकुमार बटालाको सभापतित्वमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एशोसेशन कोहलपुर स्थानीय केन्द्र गठन गर्दै आइतबार प्रजातन्त्रबादी इन्जिनियरहरु त्यसरी गोलवद्ध भएका हुन् ।

नव गठित उक्त स्थानीय केन्द्र समितिको उपसभापतिमा संदिपबिक्रम साह, सचिवमा सन्तोष वाग्ले, कोषाध्यक्षमा रञ्जना पौडेल चयनित हुनुभएको छ।

त्यस्तै सदस्यहरुमा चुडामणि सुवेदी, राजकुमार निरौला, गणेशकुमार रेग्मी, समीर पोख्रेल, जयप्रकाश भण्डारी रहनु भएको छ।
उक्त स्थानीय केन्द्रको सल्लाहकारमा जीवन ढकाल, संदिप शर्मा, धर्मराज वली,रोमहर्ष वली समेत रहनुभएको नवनिर्वचित सचिव वाग्लेले जनाउनु भएकोछ।

स्थानीय केन्द्र गठनका लागि जिम्मेवारी पाएका संयोजक ई।अभिमन्यु कुमार सिन्हा तथा नेपाल इन्जिनियर्स एशोसियसनका केन्द्रीय सदस्य पारस खडकाको विशेष उपस्थितिमा गठन गरिएको सो केन्द्रले स्थानीयस्तरमा रहेका विभिन्न विधाका इन्जिनियरहरु आफ्ना पेशागत सवालमा थप पहल र वकालत गर्ने बताइएकोछ।

प्रकाशित मितिः     १८ आश्विन २०७७, आईतवार १२:३३  |