‘हिजो ६ जिल्लामा सिमित लुम्विनी आज १२ जिल्लामा विस्तारित हुँदैछ’-मुख्यमन्त्री शंकर पोखरेल


प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्विनी विस्तार भएर जाने बताएका छन् ।

सोमवार उनले सामाजिक सञ्जाल मार्फत प्रदेशका १२ जिल्लमा लुम्विनीको भावना विस्तारित हुने सार्वजनिक गरेका हुन् ।

‘हिजो ६ जिल्लामा सिमित लुम्विनी आज १२ जिल्लामा विस्तारित हुँदैछ’,पोखरेलले भने,‘यो सिंगो प्रदेशबासीको गौरवको विषय बन्दैछ ।’

प्रदेश स्थापना भएको तीन वर्षपछि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने तयारी भइरहँदा मुख्यमन्त्री पोखरेल प्रदेशको नाम ‘लुम्विनी’ नै हुनेमा ढुक्क देखिन्छन् ।

शुक्रवार प्रदेशसभामा राजधानीको नाम ‘लुम्विनी’ र राजधानी दाङको भालुवाङ (देउखुरी) क्षेत्रमा राख्ने प्रस्ताव गरिएको छ ।

उक्त प्रस्तावमाथी आज (सोमवार) प्रदेशसभा सदस्यहरुले आ–आफ्नो धारणा राख्ने कार्यक्रम छ । मंगलवार राजधानीको नाम र केन्द्रको अन्तिम टुंगो लगाउने कार्यक्रम छ ।

प्रकाशित मितिः     १९ आश्विन २०७७, सोमबार ११:२६  |