प्रदेश ५ को नाम र राजधानी प्रस्तावका पक्षमा मतदान गर्न सांसदहरूलाई नेकपाको हृीप


प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक सकिएको छ ।

प्रदेशको स्थायी राजधानी र नामबारे थप छलफल गर्न बिहान सात बजेका लागि बोलाइएको बैठक साढे ११ बजेदेखि सुरु भएको थियो । बैठकमा मुख्यमन्त्रीले सांसदहरूसमक्ष राजधानीका बारेमा ब्रिफिङ गरेका थिए ।


बैठकपछि नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले प्रशासनिक राजधानी दाङ देउखुरीलाई बनाउने र बुद्ध सर्किट क्षेत्रलाई आर्थिक र पर्यटनको राजधानी बनाउने गरी छलफल भएको बताए । त्यहीअनुसार दाङ देउखुरीको प्रस्तावमा मतदान गर्न मुख्यमन्त्रीले हृीप जारी गर्नुभएको छु, -उनले भने ।

यसअघि सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदन स्थगन गर्न आग्रह गरेको थियो । अब केही बेरमा प्रदेशसभा बैठक बस्दै छ । बैठकस्थल बाहिर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रदेशसभा बाहिर भने बुटवल राजधानी हुनुपर्ने भन्दै नेपाली कांग्रेसले नाराबाजी गरिरहेको छ ।

प्रकाशित मितिः     १९ आश्विन २०७७, सोमबार १३:१६  |
error: Content is protected !!