अदालतको निर्णय जनताको पक्षमा आउनेछ : सांसद अथक


नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एंव बाँके क्षेत्र नं १ का सघिय साँसद महेश्वर गहतराज अथकले राप्ती सोनारी र नरैनापुर बिधुतीकरणका लागि छिटो काम सम्पन्न गर्न सघाउन पुर्याउने गरि अदालतको आदेश आउने अपेक्षा गरेका छन ।

ठेकेदार राजेन्द्र मिश्रको ठेक्का नेपाल बिधुत प्राधिकरण रद्ध गरेपछि मिश्रले प्राधिकरणको बिरुद्धमा हालेको मुद्धाको फैसला जनताको पक्षमा आउनेमा आफु आशावादी रहेको उनले बताए । उनले मिश्रको मुद्धा अदालतले बदर गरेर प्राधिकरणका लाई काम गर्न बाटो खोलिदिनेमा आफु आशावादी रहेको बताए ।

अथकले प्राधिकरणले रद्ध गरेको टेष्डर अदालतले सदर गरिदिएमा आगामी ३ महिना भित्र सो क्षेत्रका बासिन्दाले बिधुत सेवा उपभोग गर्न पाउने सांसद अथकको भनाई छ । राजेन्द्र मिश्र संगको टेष्डर रद्ध गरेको प्राधिकरण आफैले बिधुतीकरणक काम अगाडी बढाउने सोच रहेको अथकको भन्नाई छ ।

सांसद अथकले झण्डै १ करोड रकम पेश्की वापत रकम लगेका मिश्रले ठेक्का सम्झौता गरेको ९ बर्ष सम्म कामको सुरुवात सम्म पनि नगरेको बताए । मिश्रले काम अगाडी नबढाएका कारण ३३ केभी प्रसारण लाईनको सव स्टेशन निर्माण भई सकेको अवस्थामा पनि सो क्षेत्रका जनता बिधुत बाल्न पाएका छैनन । सो कारणले राप्ती सोनारी र नरैना पुरको २७ ओटा गाउ बिधुत सेवा बाट बंचित भएको अथकको भनाई छ ।

यस अघि मिश्रले नै निर्माणको जिम्मा लिएको ३३ केभि प्रशारण लाईन १२ बर्ष सम्म पनि काम अगाडी नवढाउदा बिधुत प्राधिकरण टेष्डर रद्ध गरेको थियो । सो बिषमा पनि मिश्र अदालत पुगेका थिए । सो मुद्धा अदालतले बदर गरिदिएको थियो । मिश्र संगको ठेक्का बदर भएको ६ महिनामा नेपाल बिधुत प्राधिकरण आफैले राप्ती सोनारी ४ को धामपुरमा सव स्टेशन सहित ३३ केभि लाईन बिस्तार गरि सकेको छ । सव स्टेशन सहित को लाईन धामपुर मा निर्माण भएपनि राप्ती सोनारी र नरैनापुरको कतिपय ठाउमा बिधुत बिस्तार भई सकेको छ ।

प्रकाशित मितिः     १९ आश्विन २०७७, सोमबार १३:२५  |