यसरी अराजक बन्दै काँग्रेस प्रदेश सांसदले संसदको कुर्सी तोडे


बुटवल : प्रदेश नम्बर ५ को प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसले सोमबार दोस्रो पटक बसेको बैठकमा पनि नाराबाजीसहित प्रदर्शन गरेका छन् ।

सभामुखले बैठक शुरू गरे लगत्तै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए । सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको हो ।

कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिएका छन् । मन्त्री केसी रोष्टमतर्फ अगाडि बढ्दा कांग्रेस सांसदले छेकेका थिए । नेकपाले सर्वसत्तावाद लाद्न खोजेको कांग्रेसको आरोप छ।

सभामुखले समय दिएपछि मन्त्री केसीले स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव छलफलका लागि पेश गरेका छन्। लगत्तै विपक्षी सांसदहरूले संसदको कुर्सी उचालेर टेबुल तोडफोड गरेका छन् ।

प्रकाशित मितिः     १९ आश्विन २०७७, सोमबार १६:१०  |