अमुलका उत्पादन विक्री गर्ने अमुल स्टोर


नेपालगन्ज, २१ असोज । अमुलका उत्पादनहरु मात्रै विक्रि गर्ने उदेश्यले नेपालमै पहिलो पटक नेपालगन्जमा अमुल स्टोर फ्लेभर इन्टरप्राइजेज सञ्चालनमा आएको छ ।

नेपालगन्ज १३ अस्पताल रोड जिल्ला प्रशासन कार्यालयको छेउमै सन्चालनमा ल्याईएको सो स्टोरमा अमुलका सय भन्दा बढी उत्पादनहरु राखिएको स्टोरकी प्रोप्राइटर दिव्या टण्डनले बताईन ।

अमुलका विभिन्न उत्पादनहरुका पारखीहरुको मागलाई ध्यानमा राखेर सो स्टोर सञ्चालनमा ल्याईएको जनाउँदै प्रोप्राइटर टण्डनले उपभोक्ताबाट शुरुमै राम्रो रेस्पोन्स पाएको जानकारी दिइन ।


उनले अमुलले ६ सय भन्दा बढी आइटम उत्पादन गर्ने गरेको जनाउँदै अहिले करिब सयवटा उत्पादनलाई राखिएको र दसै तिहारलाई लक्षित गरेर तीन सयवटा उत्पादन उपलब्ध गराउने योजना रहेको बताइन ।

सो स्टोरमा हाल अमुल बटर, अमुल चिज, अमुल चाकलेट, अमुल कूल, अमुल आइसक्रिम लगायत सय वटा उत्पादन राखिएको जनाईएको छ ।

पछिल्लो समयमा आएर नेपालगन्जमा विभिन्न प्रकारका बेकरी, मिठाई पसल, कफी सप, जुस कर्नर तथा अन्य खाने कुरा रहेका पसल र स्टोरहरु खुल्दै गएका छन् ।

प्रकाशित मितिः     २१ आश्विन २०७७, बुधबार १८:३५  |
error: Content is protected !!