पर्यटनमन्त्रीले नाथम कलेज खोल्न सहयोग गरेकोमा नेपालगन्ज उपमहानगरलाई धन्यवाद दिए


नेपालगन्ज २२ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को प्रदेशस्तरीय कार्यालय नेपालगन्जमा सन्चालनका लागि सहयोग गरेकोमा नेपालगन्ज उपमहानगरपालिकालाई धन्यवाद दिएका छन् ।

यहाँका पर्यटनसंग सरोकार राख्ने अगुवा र नेपालगन्जका मेयर धवल शम्सेर राणाको सक्रियतामा नेपालगन्जमा नाथम कलेज स्थापना हुन सम्भव भएको थियो ।

केही दिन अघि पर्यटन सचिव केदार बहादुर अधिकारीले नाथमको कार्यालय उद्घाटन गरेका थिए । पर्यटन मन्त्री भट्टराईले सामाजिक सन्जाल मार्फत कार्यालय स्थापाना गर्न नेपालगन्ज उपमहानगरले अत्यन्तै राम्रो सहयोग गरेकोमा धन्यवाद दिएका हुन । उनले आगामी सत्रबाट पढाई शुरु गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । यद्यपी नाथम नेपालगन्ज कार्यालयले केही तालिम भने शुरु गर्दै छ ।

मन्त्री भट्टराईले भने,–

काठमान्डौको रवी भवनमा संचालित Hospitality तथा Hotel  Management को पढाई हुने कलेज उत्कृष्ट कलेजमा पर्दछ । यो कलेजबाट उत्पादित बिद्यार्थीहरु देश तथा बिदेशमा गरी करिब ९५ प्रतिशत रोजगारीमा रहेका छन ।

त्रिबिको अनुमतीमा यो कलेजले बिर्तामोढ, बर्दीवास र नेपालगन्जमा आफ्नो शाखा बिस्तार गरी अध्ययनर अध्यापन गराउने निर्णय गरेको छ । आगामी सत्रबाट पढाई शुरु गर्ने तयारीका लागि बर्दीवास र नेपालगन्जमा कार्यालय स्थापित गरिएको छ भने बिर्तामोढमा छिट्टै स्थापना गरिने छ । तीनै ठाउँका नगरपालिकाबाट अत्यन्तै राम्रो सहयोगप्राप्त भएको छ । धन्यवाद ।

 

प्रकाशित मितिः     २२ आश्विन २०७७, बिहीबार ०८:५८  |