यामाहा बाइक किस्तामा कसरी किन्ने ? यी हुन् ६ सुविधा


दसैं नजिकिएसँगै विभिन्न मोटरसाइकल तथा स्कुटर वितरकले नयाँ–नयाँ अफर ल्याइरहेका छन्।
यसै पनि सवारीसाधनको बिक्री हुने समय र सरकारले जारी गरेको जोर-विजोर प्रणालीको कारण दुई पांग्रे सवारीको व्यापार बढेको यामाहा टेकु शोरूमका इन्चार्ज रहिस स्थापितले जानकारी दिए।

सबै दुई पांग्रे वितरकले झैं यामाहाले पनि एकैपटक पैसा तिर्न नसक्ने ग्राहकलाई सजिलो होस् भनेर किस्ताका विभिन्न योजना ल्याएको छ। नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ६ प्रकारका किस्ता योजना ल्याएको हो।

१. संस्थामा काम गर्नेका लागि शून्य डाउनपेमेन्टः
पहिलो योजना अन्तर्गत कुनै संस्थामा काम गर्नेका लागि शून्य डाउनपेमेन्टमा स्कुटर वा मोटरसाइकल किन्दा १६ प्रतिशत ब्याजदर तिर्ने गरीको किस्ता योजना छ। यो किस्ताको अवधि ३६ महिना ९तीन वर्ष० को हुनेछ।

यो योजना अन्तर्गत यामाहाका दुई पांग्रे लिन यी कागजात बुझाउनु पर्छः

– बैंक खाताको ६ महिनाको स्टेटमेन्ट

– स्यालरी सिट
– २ वटा फोटो

–नागरिकताको फोटोकपी

–म्याद ननाघेको लाइसेन्सको फोटोकपी

–कर्पोरेट (संस्था) ग्यारेन्टी

–लोन रकम बराबर पोस्ट डेटेड चेकु।

यो भनेको ग्राहकको खाताको चेकमा सवारीको मूल्य कति हो, त्यही अनुसार रकम लेखी हस्ताक्षर गरेर कम्पनीलाई बुझाउने हो। यसमा खातामा पैसा हुनैपर्छ भन्ने छैन र उक्त रकम खातामा भए पनि कम्पनीले लिँदैन। यदि कुनै ग्राहकले बेइमानी गरिहाले उक्त चेकमार्फत् कम्पनीले सम्पर्क गर्न पोस्ट डेटेड चेक खोजेको हो।

२. ५० प्रतिशत डाउनपेमेन्टः

दोस्रो योजना अन्तर्गत ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरेर सवारी किन्न सक्नेछन्। यो योजना अन्तर्गत सवारी साधन किन्दा ब्याजदर लाग्ने छैन भने किस्ताको अवधि १२ महिना ९एक वर्ष० हुनेछ।

३. १० प्रतिशत डाउनपेमेन्टः

तेस्रो योजनामा कम्पनीले कुनै पनि ठाउँको स्थायी वासिन्दाले त्यही क्षेत्रबाट सवारीसाधन किन्नेलाई १० प्रतिशत डाउनपेमेन्टमा उपलब्ध गराउँछ। यो योजना रोज्नेले १६ प्रतिशत ब्याजदर तिर्नुपर्नेछ भने किस्ता तिर्ने अवधि एक वर्षको हुनेछ। यो योजनामा ग्राहकले अनिवार्य ुपोस्ट डेटेड चेकु दिनु पर्नेछ।

४. ३० प्रतिशत डाउनपेमेन्टः

कुनै पनि ठाउँको स्थायी बासिन्दाले त्यही क्षेत्रबाट सवारीसाधन किन्नेलाई ३० प्रतिशत डाउनपेमेन्टमा पनि सवारी किन्ने सुविधा छ। यसमा १५ प्रतिशत ब्याजदर छ। यो किस्ता अवधि ३६ महिना ९३ वर्ष० हुनेछ।

५. २५ प्रतिशत डाउनपेमेन्टः

चौथो योजना अनुसार एउटा ठाउँमा घर भई अर्को ठाउँमा अस्थायी बसोबास गर्नेका लागि कम्पनीले २५ प्रतिशत डाउनपेमेन्टको योजना ल्याएको छ। यसमा ग्राहकले १५.५ प्रतिशत ब्याजदर तिर्नु पर्नेछ र कर्जाको अवधि ३० महिनाको हुनेछ।

६. ४० प्रतिशत डाउनपेमेन्ट

कम्पनीले अस्थायी बसोबास गर्ने ग्राहकलाई ४० प्रतिशत डाउनपेमेन्टको सुविधा पनि दिएको छ। यसको किस्ता तिर्ने अवधि ३० महिनाको हुनेछ। ब्याजदर १४.५ प्रतिशत छ।

पहिलो योजना (कर्पोरेट लोन) बाहेकका हकमा किस्तामा यामाहाका दुई पांग्रे लिन यी कागजपत्र आवश्यक पर्छः

– ६ महिनाको बैंक स्टेटमेन्ट

– स्यालरी सिट

– २ वटा फोटो

– नागरिकताको फोटोकपी

– म्याद ननाघेको लाइसेन्सको फोटोकपी

– त्यस्तै ग्राहकले काठमाडौंमा बाइक किन्ने हो भने उपत्यकाभित्र घर भएको एक जना जमानी राख्नु पर्छ। उक्त जमानीको आफ्नो नाममा घर नभए जसको नाममा छ उसँगको नाता खुल्ने कागज ल्याउनु पर्छ।

जमानीको पनि एउटा फोटो र घरको पानी वा बिजुलीको बिल लैजानु पर्छ। यदि ग्राहकको काठमाडौंमा आफ्नै परिवारको घर भए परिवारका अन्य सदस्य पनि जमानी बस्न सक्नेछन्।

प्रकाशित मितिः     २२ आश्विन २०७७, बिहीबार ०९:२४  |