ईसेवामा साइबर हमला भएको आशंका, पासवर्ड परिवर्तन गर्न आग्रह


काठमाडौं । अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाले सबै प्रयोगकर्तालाई आफ्नो पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ ।

ट्वीटरमा भर्खरै खुलेको नयाँ आईडीबाट ईसेवाको डेटा ब्रिच प्रमाणीत गर्ने उद्देश्य अनुरुप ट्वीटहरु आउन थालेपनि कम्पनीले ग्राहकलाई यस्तो सुचना जारी गरेको हो ।


अपरिचित नामबाट खुलेको सो अकाउन्ट ३४ जना प्रयोगकर्ताको ईमेल आईडी, पासवर्डका सुरुवाती अक्षर र ईसेवा वालेटमा रहेको रकम सहितको स्क्रिनसट उक्त ट्वीटसँगै पोस्ट गरिएको छ ।

जसमा सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न लगाउनु सकारात्मक कदम भएको कम्पनीको भनाई छ । समाजिक सञ्जालमा इसेवा ह्याक भएर खाता विवरण लिक भएको हल्ला चलिरहेको बेला यो कुरामा कुनै सत्यतता नभएको कम्पनीले बताएको छ ।

प्रकाशित मितिः     1:03:08 PM  |