नेपालगन्ज -दिल्ली उडानको विषयमा पर्यटनमन्त्री भट्टराई र भारतीय राजदूतबीच छलफल


नेपालगन्ज २३ असोज :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिष्टाचार भेट गरेका छन् । छलफलमा नेपालगन्ज दिल्ली उडान अनुमतिका विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्राबीच दुई देशबीचको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी भएको थियो ।


हवाई क्षेत्रका सम्बन्धमा उनीहरुबीच भैरहवा नाकावाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्याउनेबारे कुरा भएको थियो ।

कोभिड–१९ का कारण वन्द रहेको काठमाडौ र भारतका विभिन्न शहरहरु बीचको उडान चाडै सुचारु गर्ने बारेमा पनि उनीहरुबीच कुराकानी भएको थियो ।

प्रकाशित मितिः     २३ आश्विन २०७७, शुक्रबार १३:४०  |
error: Content is protected !!