गुर्भाकोटमा सशस्त्रको शिक्षालय स्थापना,सुरक्षा र विकासमा टेवा पुग्ने सांसद ठम्मर विष्टको बिश्वास


 

  • रोमहर्ष ओली

गुर्भाकोट(सुर्खेत) २३ असोज :  गुर्भाकोटमा प्रदेशस्तरीय कार्यालय आउन शुरु भएको छ ।

प्रदेश सांसद ठम्मर विषय लगायतका जनप्रतिनिधिको सक्रियतामा ठूला कार्यालय आउन थालेपछि स्थानीय हर्षित भएका छन् ।

शुक्रवार मात्र गुर्भाकोटको वडा नं. १० स्थित भलादमारमा सशस्त्र प्रहरीको प्रदेशस्तरीय शिक्षालय  स्थापना भएको छ ।

सांसद ठम्मर विष्टको प्रमुख आतिथ्यतामा भएको स्वागत कार्यक्रममा उपस्थित जनसमुदायले ठूला कार्यालयको स्थापनाले गुर्भाकोटको विकासमा सहयोग पुग्ने बताए ।

सशस्त्रका डिआईजी हरिशचन्द्र अधिकारीको उपस्थिती रहेको कार्यक्रममा बोल्दै प्रदेश सांसद विष्टले गुर्भाकोट क्षेत्रको विकासका लागि प्रशासनिक कार्यालयको स्थापना अपरिहार्य भएको उल्लेख गरे ।

उनले सशस्त्र प्रहरीको शिक्षालयलाई भौतिक पूर्वाधार सम्पन्न बनाउन लागिपर्ने प्रतिवद्धता जनाएका छन् ।

सुरक्षा र विकासका दृष्टिकोणले शिक्षालय लाभदायिक हुने सांसद विष्टको भनाई छ ।

शुक्रवार स्थापना भएको शिक्षालयको भौतिक पूर्वाधारको काम चाँडै हुने अपेक्षा गरिएको छ ।

शिक्षालय स्थापना कार्यक्रममा राजनीतिक दल, स्थानीय समाजसेवी लगायतको उपस्थिती थियो ।

प्रकाशित मितिः     २३ आश्विन २०७७, शुक्रबार २०:३८  |