बाँकेमा निर्माणको पर्खाइमा रहेका योजना


नेपालगन्ज २४ असोज : बाँकेमा दर्जन साना ठूला आयोजना निर्माणको पर्खाइमा छन् ।

ती योजना कार्यान्वयन भए यहाँको विकासले फड्को मार्ने अपेक्षा गरिएको छ । तर योजना कहिले शुरु हुन्छ भन्ने एकिन छैन । त्यसैले जनदवाव आवश्यक रहेको सर्वसाधारण बताउँछन् ।

नेपालगन्ज विमानस्थलको स्तरोन्नती भइरहेको छ । नेपालगन्जदेखि दिल्ली उडान चाँडै गर्नुपर्ने योजना कार्यान्वयनको पखाईमा छ । नेपालगन्जदेखि दिल्लीसंग सिधा हवाई उडान हुँदा यहाँको विकासले फड्को मार्ने सरोकारवाला निकायका अगुवाहरु बताउँछन् । बाँकेमा नौवस्ता औद्यागिक क्षेत्रदेखि खजुरा औद्योगिक ग्राम निर्माणको पर्खाइमा छ ।

खजुरा औद्योगिक ग्राम निर्माणको काम सम्पन्न हुनेमा कुनै शंका छैन भने नौवस्ता ओद्योगिक क्षेत्रको निर्माणको काममा भाँजो हाल्ने काम भइरहेको छ । नौवस्ता औद्योगिक क्षेत्र रहेको बैजनाथमै पर्यटकीयस्थलका रुपमा मानसरोवार पार्क निर्माण हुँदे छ ।

नेपालगन्जलाई पश्चिमकै व्यापारिक हब बनाउने लक्ष्य सहित एकिकृत भन्सार जाँच चौकीको निर्माणको काम शुरु हुन बाँकी छ । उक्त योजनाका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंह आफै आएर शिलानयास गरिसक्दा समेत काम शुरु हुन सकेको छैन ।


उक्त काम सम्पन्न भए आयात निर्माणमा नेपालगन्ज प्रमुख नाकाका रुपमा स्थापित हुने छ । खजुरामा प्रदेश बिश्वबिद्यालय बन्दै छ । प्रदेश बिश्वबिद्यालय चाँडै शुरु हुने गरी बजेट समेत बिनियोजन भइरहेको छ ।

दिर्घकालिन योजना सहित पूर्वपश्चिम एवं भारतसंग जोडिने रेल सेवाको काम शुरु हुनै बाँकी छ । त्यस्तै जमुनाह हिल्सा सडकको स्तरोन्नतीले पर्यटन एवं व्यवसायीक प्रर्बधनमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास लिइएको छ ।

यि र यस्तै साना ठुला योजना निर्माणको पखाईमा बाँके रहेको छ ।

 

प्रकाशित मितिः     २४ आश्विन २०७७, शनिबार ११:०२  |
error: Content is protected !!