बाँके प्रहरीद्धारा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक


नेपालगन्ज २५ असोज :  जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्व लक्षित सुरक्षा योजना सार्बजनिक गरेको छ ।आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले १४ बुँदे विशेष सुरक्षा योजना सार्वजनिक गरेका हुन् ।

नेपालीहरुको ठुला चाडवाड दशै, तिहार तथा छ्ठ जस्ता पर्वलाई लक्षित गरी जिल्ला भित्र हुन सक्ने चोरी, डकैती, अपराध लगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्नकालागि विशेष सुरक्षा योजना ल्याएको जनाएको छ ।


पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्न्यापिङ, विशेष टोली, सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसिटिभी निगरानी, स्कटिङ, काउन्टर पार्ट्स, क्विक रिस्पोन्स टिम, भिग्रस चेकिङ र कमान्ड पोष्ट मार्फत सुरक्षा अवस्था निगरानी गरिने प्रहरी उपरीक्षक रानाले जानकारी गराएका थिए ।

सुरक्षा योजना अन्तर्गत पिकेट ३३ स्थानमा, हाइवे चेकिङ ४ स्थानमा, एम्बुस चेकिङ ३० स्थानमा, डग स्न्यापिङ आवश्यकता अनुसार, विशेष टोली ९सादा पोशाक० २५ जना, सरप्राइज चेकिङ १० स्थानमा, मोबाइल गस्ती १० वटा, पैदल गस्ती २० वटा, सिसिटिभी निगरानी १० जना, स्कटिङ २० जना आवश्यकता अनुसार, काउन्टर पार्ट्स सिमानाकाका १२ स्थानमा, क्विक रिस्पोन्स टिम १४ समुह, भिग्रस चेकिङ १४ स्थानमा र कमान्ड पोष्ट जिल्ला प्रहरी कार्यालयबाट मोनिटरिङ गर्ने गरी ६ सय ५० प्रहरी परिचालन गरिने रानाले जानकारी दिए ।

प्रकाशित मितिः     २५ आश्विन २०७७, आईतवार १७:५२  |
error: Content is protected !!