राष्ट्र बैंकले भन्यो,‘दसैंका लागि नयाँ नोट सटही सुविधा प्रदान गरिने छैन’


काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई लाइन लगाएर नयाँ नोट वितरण नगर्ने जनाएको छ । कोरोना भाइरस संक्रमण बढेसँगै दसैंका लागि आवश्य पर्ने नयाँ नोट भीड र लाइन लगाएर कुनै पनि बैंकले दिने स्थिति नरहेको प्रवक्ता डा। गुणाकर भट्टले जानकारी दिए ।

‘परिस्थिति हेर्दा अहिले लाइन लगाएर जनतालाई नयाँ नोट बाँड्न सक्ने अवस्था देखिँदैन’ उनले भने, ‘बैंकले पनि यो बेला लाइन लाउन सक्दैनन् ।’
स्टकमा पुराना तथा नयाँ नोट भए पनि विगतमा जस्तो वितरण गर्ने अवस्था नरहेको उनी बताउँछन् ।

प्रकाशित मितिः     २५ आश्विन २०७७, आईतवार १८:३७  |