नेपालगञ्ज उप–महानगरपालिकाको आफ्नै ग्यारेज


नेपालगञ्ज, असोज २६ । नेपालगञ्ज उप–महानगरपालिकाले अत्याधुनिक ग्यारेज सञ्चालनमा ल्याएको छ ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १३ मा जिल्ला समन्वय समिति बाँकेले उपलब्ध गराएको जग्गामा आधुनिक ग्यारेज निर्माण गरि आईतबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले आधुनिक ग्यारेजको उद्घाटन गर्नुभयो ।


ग्यारेज सञ्चालनमा आएपछि नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सवारी साधनको मर्मतसम्भार यहि हुने प्रशासन प्रमुख राजन केसीले जानकारी दिनुभयो । नगरकोआप्mनै ग्यारेज भएपछि फोहर ब्यवस्थापनमा थप सहज हुने केसीले बताउनुभयो ।

प्रकाशित मितिः     २६ आश्विन २०७७, सोमबार ०६:५८  |
error: Content is protected !!