कहाँ पुग्यो नेपालगन्ज उपमहानगरको सपिङ्ग कम्प्लेक्स र आकाशे पुल बनाउने योजना ?


नेपालगन्ज २६ असोज :  नेपालगन्ज उपमहानगरपालिकाले अघि सारेको सपिङ्ग कम्प्लेक्स र आकाशे पुल निर्माण गर्ने योजना प्रभावित भएको छ ।

गत आर्थिक वर्ष नै ती योजना कार्यान्वयनमा जानुपथ्र्यो । कोभिडका कारण दुईवटै योजना शुरु हुन सकेनन् । सपिङ्ग कम्प्लेक्स निर्माणको योजना भने जग्गाका विषयमा अगाडी नबढेको हो ।

नेपालगन्जको विकासका लागि दुई वटा महत्वपूर्ण योजना अघि सारेको थियो । योजना निर्माणका लागि विस्तृत अध्ययन परियोजना प्रतिवेदन (डिपिआर)को भइसकेको अवस्था थियो ।

‘जमिनमुनि दुई तलासहित साततले सपिङ्ग कम्प्लेक्स बनाउने र त्यसभित्र सपिङ सेन्टर, डिपार्टमेन्टल स्टोर्स, चलचित्र हल, बाल उद्यान लगायतका सबैखाले सुविधा हुने बताइएको थियो । महत्वकांक्षी योजना बनाउन माहिर नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल सम्शेर राणाले


व्यावसायिक परियोजनका लागि अत्याधुनिक सुविधासहितको सपिङ्ग कम्प्लेक्स बनाउन रु ७५ करोड लागत लाग्ने अनुमान गरेका थिए । गत वर्ष नै काम सुरु गर्ने हाम्रो लक्ष्य रहेको छ । एउटै छानामूनि व्यवसायिक प्रतिष्ठान, चिल्डे«न पार्क, बैंक तथा बित्तिय संस्थाहरु सबै उपलब्ध हुने भनिए पनि काम शुरु हुन सकेन ।

एकै स्थानमा सबै सुविधा उपयोग गर्न पाइयोस् भन्ने उद्देश्यले सपिङ्ग कम्प्लेक्स निर्माण गर्न लागिएको र यो नेपालकै नमूना तथा सेवाग्राहीलाई आकर्षित गर्ने खालको हुने मेयर राणाको दावी थियो । तर खुल्ला जग्गा खुल्ला ठाउँकै लागि छाड्नुपर्ने विषय पनि उठेकाले काम अगाडी बढ्न सकेको छैन ।

आकाशे पुल निर्माणका लागि उपमहानगरपालिकाले डिपिआर तयार गरिसकेको छ । पहिलो चरणमा बीपी चौक र धम्बोझी चोकमा आकाशे पुल निर्माण गर्ने योजना थियो । तर प्राथमिकतामा धम्वोझी परेको छ ।

प्रदेश सरकारको सहयोगमा आँकाशे पुलको काम गत आर्थिक वर्षमै शुरु हुने थियो । तर कोभिडका कारण काम रोकिएको छ ।

प्रकाशित मितिः     7:09:41 AM  |