नेपालगन्ज २६ असोज : दूग्ध पदार्थ विक्री वितरण सम्बन्धी नयाँ मापदण्ड कार्यान्वयनका क्रममा बजार अनुगमन टोलीबाट धरपकड भएपछि बाँके र बर्दियाका कृषक र साना दूग्ध व्यवसायी असन्तुष्ट बनेका छन् ।
डेरी उद्योगलाई पोस्ने गरी लागु भएको मापदण्डले कृषक र साना दूग्ध व्यवसायीलाई घर न घाटको बनाउने अवस्था सिर्जना भएको अगुवा कृषक चेत शर्माले बताए ।
अर्का कृषक टेकराज जैसीले डेरी उद्योगको मिलोमतोमा सानालाई चेप्ने काम भएको भन्दै चरणबद्ध आन्दोलनमा जाने तयारी गरिरहेको उल्लेख गरेका छन् ।
उनीहरुले नेपालगन्ज उपमहानगरपालिकाकलाई पहिले ध्यानार्कषण गराउने र त्यहाँबाट समस्या समाधान नभए चरणबद्ध आन्दोलन गर्ने तयारी गरेका छन् ।
नयाँ मापदण्ड अनुसार गुणस्तर कायम गरिने तर आफै काउन्टर खोलेर दूध विक्री गर्न नदिने कार्य फिर्ता हुनुपर्ने व्यवसायीहरु बताउँछन् ।
कृषकले समेत अहिले आफुले उत्पादन गरेको दूध काउन्टर खोलेर विक्री गरिरहेको अवस्था रहेको छ । उनीहरुलाई समेत दूध विक्री गर्न नदिने कार्य गलत भएको कृषकहरुले बताएका छन् ।
प्रशासनको धरपकडले हजारौ कृषक र सानो लगानीका दूग्ध व्यवसायीलाई घर न घाटको बनाउने भन्दै सरोकारवाला निकायको ध्यानार्कषण गराएका छन्