बाँके/बर्दियाका कृषक र साना दूग्ध व्यवसायी भन्छन् – हामीलाई विस्थापित गर्न खोजियो


 

नेपालगन्ज २६ असोज :  दूग्ध पदार्थ विक्री वितरण सम्बन्धी नयाँ मापदण्ड कार्यान्वयनका क्रममा बजार अनुगमन टोलीबाट धरपकड भएपछि बाँके र बर्दियाका कृषक र साना दूग्ध व्यवसायी असन्तुष्ट बनेका छन् ।

डेरी उद्योगलाई पोस्ने गरी लागु भएको मापदण्डले कृषक र साना दूग्ध व्यवसायीलाई घर न घाटको बनाउने अवस्था सिर्जना भएको अगुवा कृषक चेत शर्माले बताए ।

अर्का कृषक टेकराज जैसीले डेरी उद्योगको मिलोमतोमा सानालाई चेप्ने काम भएको भन्दै चरणबद्ध आन्दोलनमा जाने तयारी गरिरहेको उल्लेख गरेका छन् ।

उनीहरुले नेपालगन्ज उपमहानगरपालिकाकलाई पहिले ध्यानार्कषण गराउने र त्यहाँबाट समस्या समाधान नभए चरणबद्ध आन्दोलन गर्ने तयारी गरेका छन् ।


नयाँ मापदण्ड अनुसार गुणस्तर कायम गरिने तर आफै काउन्टर खोलेर दूध विक्री गर्न नदिने कार्य फिर्ता हुनुपर्ने व्यवसायीहरु बताउँछन् ।

कृषकले समेत अहिले आफुले उत्पादन गरेको दूध काउन्टर खोलेर विक्री गरिरहेको अवस्था रहेको छ । उनीहरुलाई समेत दूध विक्री गर्न नदिने कार्य गलत भएको कृषकहरुले बताएका छन् ।

प्रशासनको धरपकडले हजारौ कृषक र सानो लगानीका दूग्ध व्यवसायीलाई घर न घाटको बनाउने भन्दै सरोकारवाला निकायको ध्यानार्कषण गराएका छन्

 

प्रकाशित मितिः     २६ आश्विन २०७७, सोमबार १४:१९  |
error: Content is protected !!