कोभिड संकट समाधानमा संधै सक्रिय रहने उपमेयर उमा थापामगरलाई कोरोना संक्रमण


नेपालगन्ज :  नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरलाई कोरोना पोजिटिभ देखिएको छ ।

केही दिनदेखि अस्वस्थ थापा मगरले भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा पोजिटिभ देखिएको जानकारी दिइन ।

उपप्रमुख थापा मगर बाँकेमा कोरोना रोकथाम र नियन्त्रण तथा प्रभावितको व्यवस्थापनका लागि सुरुवातदेखि नै अग्र मोर्चामा रहेर खटिएकी थिइन ।

चैत दोश्रोसाता सीमा क्षेत्रमा क्वारेन्टाईन ब्यवस्थापन तथा भारतबाट फर्किएका नेपालीहरुको उचित ब्यवस्थापनमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन ।

प्रकाशित मितिः     २७ आश्विन २०७७, मंगलवार १३:२२  |