बाँके क्षेत्र नं. १ मा ७ सय १५ घरपरिवारलाई टिन उपलब्ध गराउने निर्णय, कुन पालिकामा कति ?


नेपालगन्ज २९ असोज :  बाँके क्षेत्र नंं. १ मा चालु आर्थिक वर्षमा ७ सय १५ घरपरिवारलाई टिन वितरण गरिने भएको छ ।

मंगलवार नेपालगन्जमा भवन डिभिजन कार्यालयमा बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज अथकको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सुरक्षित नागरिक आवास कार्यक्रमका लागि निर्णय उक्त निर्णय गरिएको हो ।

जस अनुसार कोहलपुरमा २ सय २८ , राप्तीसोनारीमा १ सय २१ र नरैनापुरमा ३ सय ६६ घरधुरी लाई टिनको छाना उपलव्ध गराइने छ ।

खरका छाना भएका गरिब बिपन्नहरु लाई प्रति घरधुरि ५० हजारका दरले टिन खरिद गर्न रकम उपलव्ध गराइने छ।

प्रकाशित मितिः     २७ आश्विन २०७७, मंगलवार १५:३८  |